२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अनमोल प्रतिष्ठानले एम्बुलेन्स सेवा सञ्चालन गर्ने

१९ फाल्गुन २०७४, शनिबार १५:२६

फागुन १९, सुर्खेत | सुर्खेतमा एक बर्ष अगाडि स्थापना भएको अनमोल स्मृति  प्रतिष्ठानले एम्बुलेन्स सेवा र अनमोल स्याहार कार्यक्रम सञ्चालन गर्ने भएको छ । एक बर्ष अघि उपचारको क्रममा ६ महिने बालक अनमोलको निधन पछि स्थापना गरिएको प्रतिष्ठानले शिशुहरुको बाल संरक्षण, र उपचारका लागि सहयोग पु¥याउन दुई वटा कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ ।

शनिबार वीरेन्द्रनगरमा अनमोल स्मृति  प्रतिष्ठानले आयोजिना गरेको कार्यक्रममा अनमोल एम्बुलेन्स सेवा र अनमोल स्याहार कार्यक्रम सञ्चालन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले जनाए । कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कुनै पनि शिशुले उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था हुनु दुखद भएको बताए। उनले यस्ता पीडाहरुबाट कर्णली प्रदेश मुक्त हुने दावी गरे ।

कार्यक्रममा मन्त्री ज्वालाले पुत्र वियोगको पीडा भुलेर सामाजिक सेवामा लगाउन सक्नु नै सह्रानीय भएको भन्दै अभियानको सफलताको शुभ कामना व्यक्त गरे । ‘आफू बाँचौ र अरुलाई बाँच्ने अवसर प्रदान गरौं’ भन्ने मूल मर्मसहित आयोजित उक्त कार्यक्रममा अनमोलको नियति भोग्नु पर्ने बाध्यता हटाउन गरेको अभियानमा प्रदेश सरकार, मन्त्रालयले आगामी दिनमा सक्दो सहयोग गर्ने बताए ।


प्रतिष्ठानका बारेमा जानकारी दिँदै संस्थापक अध्यक्ष निराजन शाहीले शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा एक बर्षदेखि बिभिन्न वालसंरक्षण केन्द्रित कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले आगामी दिनहरुमा प्रतिष्ठानले थप योजना बिस्तार गर्ने पनि योजना सुनाए । परोपकारी अभियान मार्फत सुर्खेत र कालीकोटमा स्वास्थ्य शिबिर, नाबालिकालाई निःशुल्क उपचार, दलित तथा अभिभावकविहीन बालबालिकालाई आर्थिक सहयोग, खेलकुद प्रतियोगिता लगायतका क्रियाकलाप सञ्चालन गरिएको शाहीले जानकारी दिए ।

उनले यसबर्ष दैलेख, जाजरकोट र सुर्खेतमा स्वास्थ्य शिविर, पुस्तकालय स्थापना, अनमोल स्याहार कार्यक्रम, अनमोल एम्बुलेन्स सेवा लगायत कार्यक्रमहरु मार्फत सामाजिक सेवाका कार्यहरु सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।  प्रथम स्मृति दिवसका अवसरमा प्रतिष्ठानका संरक्षक बिरमञ्जन शाहीले अनमोल एम्बुलेन्स सेवा सञ्चालनका लागि १ लाख रकम सहयोगको घोषणा गरेका छन् भने कालीकोटको कालिका गाउँपालिका अध्यक्ष खडानन्द चौंलागाइले अनमोल एम्बुलेन्स सेवाका लागि ३ लाख रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश सभासद कुर्मराज शाहीले छोरा गुमाएको पीडालाई सामूहिक र सामाजिक सेवामा परिवर्तन गर्ने उच्च आँटलाई सम्मान गरे । उनले यस्तो अभियानमा आफ्नो सँधै साथ रहने भन्दै उदाहणीय कार्य गरेकोमा प्रशंसा गरे । वीरेन्द्रनगर नगर नगरपालिकाका उपप्रमूख मोहनमाया ढकालले यस्ता कार्यमा स्थानीय सरकारको साथ रहने भन्दै आगामी दिनमा यस्ता सामाजिक कार्यमा साझेदारी गर्ने प्रतिबद्धता जनाईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य