धार्मिक विद्यालयका नाममा आउने न्यून सरकार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धार्मिक विद्यालयका नाममा आउने न्यून सरकार"/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ: दानको भरमा चल्दै संस्कृत विद्यालय

२० फाल्गुन २०७४, आईतवार ०७:४६

फागुन २०, बागलुङ | बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत मावि दानका भरमा चलेको छ । 


धार्मिक विद्यालयका नाममा आउने न्यून सरकारी अनुदानले विद्यालयको खर्च धानिने अवस्था छैन । विद्यालयमा १८ जिल्लाका ७० विद्यार्थीले आवसीय सुविधासहित निःशुल्क पढ्न पाएका छन् । भोजनमा मात्र दैनिक रु पाँच हजार खर्च लाग्ने विद्यालय दानदाताकै सहयोगमा चलेको प्रअ शान्ति ज्ञवालीले बताउनुभयो । 

“व्यक्ति र संघसंस्थाले दिने दान र सहायताकै भरमा विद्यालय धानिएको छ”, उहाँले भन्नुभयो, “विद्यालयप्रति सबैको सद्भाव र सहानुभूति छ ।” पितृकार्य, जन्मदिन र विभिन्न धार्मिक कार्यका अवसरमा दाताले विद्यालयलाई सहयोग गरेका छन् । प्रअ ज्ञवालीका अनुसार ५० भन्दा बढी स्थानीयवासीले दैनिक मुष्ठीदान गर्दै आएका छन् । “दिनको रु तीन मन्दिरलाई दान गर्नुहुन्छ, जसबाट वार्षिक रु एक हजार २६० हुन्छ”, उहाँले भन्नुभयो । 

“खर्च धान्न धौ धौ हुँदा मागेर पनि चलाउने गरिएको विद्यालयका व्यवस्थापक स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । तीर्थयात्रीबाट पनि विद्यालयमा दान प्राप्त हुने गरेको उहाँको भनाइ छ । दाताकै सहयोगमा विद्यालयको भौतिक संरचना फेरिएको छ । विद्यालय भवन निर्माणमा जिल्ला शिक्षा कार्यालयले पनि अनुदान उपलब्ध गराएको छ । 

विद्यालयमा दुई दुई स्थायी र राहत दरबन्दीका शिक्षक छन् । दुई शिक्षक भने स्थानीय स्रोतबाट राखिएको प्रअ ज्ञवालीले जानकारी दिनुभयो । विसं २०४२ मा स्थापित विद्यालय २०७० सालसम्म गुरुकुल प्रणालीमै सञ्चालित थियो । विसं २०७१ मा जिल्ला शिक्षा कार्यालयबाट कक्षा ६ को अनुमति लिई संस्कृतसँगै अन्य आधुनिक विषयको पठनपाठन शुरु गरिएको हो । अहिले कक्षा ९ सम्म पढाइ भइरहेको र कक्षा १० को अनुमतिका लागि प्रक्रिया अघि बढेको जनाइएको छ । 

कक्षा १२ सञ्चालन गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहदेव राजभण्डारीले बताउनुभयो । “दाताहरुकै सहयोगमा विद्यालय सञ्चालित छ”, उहाँले भन्नुभयो, “दैनिक भोजन, विद्यार्थीको पोशाक र आवासमा ठूलो खर्च छ ।” राजभण्डारी आफँैले पनि विद्यालयमा रु पाँच लाखको अक्षयकोष खडा गर्नुभएको छ । विद्यालयको दिगो विकासका लागि सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । विद्यालयमा संस्कृततर्फ वेद, व्याकरण, कर्मकाण्ड र संस्कृत भाषा तथा आधुनिकतर्फ नेपाली, अंग्रेजी, गणित र सामाजिक विषयको पढाइ हुने गरेको छ । 

सो विद्यालयमा पढेका अधिकांश विद्यार्थी संस्कृत विषयमा उपल्लो तहको अध्ययनका लागि भारत जाने गरेका छन् । कुँडुलेमै जन्मनुभएका स्वामी श्रीधराचार्यले स्थापना गरेको विद्यालयले वैदिक धर्म र संस्कृतिको उन्नयनमा टेवा पुर्याउँदै आएको छ । विद्यालय परिसरमा प्रसिद्ध श्रीरंगवेंकटेश मुक्तिनारायणको मन्दिरसमेत छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन