धार्मिक विद्यालयका नाममा आउने न्यून सरकार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धार्मिक विद्यालयका नाममा आउने न्यून सरकार"/>

2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ: दानको भरमा चल्दै संस्कृत विद्यालय

फागुन २०, बागलुङ | बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत मावि दानका भरमा चलेको छ । 

धार्मिक विद्यालयका नाममा आउने न्यून सरकारी अनुदानले विद्यालयको खर्च धानिने अवस्था छैन । विद्यालयमा १८ जिल्लाका ७० विद्यार्थीले आवसीय सुविधासहित निःशुल्क पढ्न पाएका छन् । भोजनमा मात्र दैनिक रु पाँच हजार खर्च लाग्ने विद्यालय दानदाताकै सहयोगमा चलेको प्रअ शान्ति ज्ञवालीले बताउनुभयो । 

“व्यक्ति र संघसंस्थाले दिने दान र सहायताकै भरमा विद्यालय धानिएको छ”, उहाँले भन्नुभयो, “विद्यालयप्रति सबैको सद्भाव र सहानुभूति छ ।” पितृकार्य, जन्मदिन र विभिन्न धार्मिक कार्यका अवसरमा दाताले विद्यालयलाई सहयोग गरेका छन् । प्रअ ज्ञवालीका अनुसार ५० भन्दा बढी स्थानीयवासीले दैनिक मुष्ठीदान गर्दै आएका छन् । “दिनको रु तीन मन्दिरलाई दान गर्नुहुन्छ, जसबाट वार्षिक रु एक हजार २६० हुन्छ”, उहाँले भन्नुभयो । 

“खर्च धान्न धौ धौ हुँदा मागेर पनि चलाउने गरिएको विद्यालयका व्यवस्थापक स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । तीर्थयात्रीबाट पनि विद्यालयमा दान प्राप्त हुने गरेको उहाँको भनाइ छ । दाताकै सहयोगमा विद्यालयको भौतिक संरचना फेरिएको छ । विद्यालय भवन निर्माणमा जिल्ला शिक्षा कार्यालयले पनि अनुदान उपलब्ध गराएको छ । 

विद्यालयमा दुई दुई स्थायी र राहत दरबन्दीका शिक्षक छन् । दुई शिक्षक भने स्थानीय स्रोतबाट राखिएको प्रअ ज्ञवालीले जानकारी दिनुभयो । विसं २०४२ मा स्थापित विद्यालय २०७० सालसम्म गुरुकुल प्रणालीमै सञ्चालित थियो । विसं २०७१ मा जिल्ला शिक्षा कार्यालयबाट कक्षा ६ को अनुमति लिई संस्कृतसँगै अन्य आधुनिक विषयको पठनपाठन शुरु गरिएको हो । अहिले कक्षा ९ सम्म पढाइ भइरहेको र कक्षा १० को अनुमतिका लागि प्रक्रिया अघि बढेको जनाइएको छ । 

कक्षा १२ सञ्चालन गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहदेव राजभण्डारीले बताउनुभयो । “दाताहरुकै सहयोगमा विद्यालय सञ्चालित छ”, उहाँले भन्नुभयो, “दैनिक भोजन, विद्यार्थीको पोशाक र आवासमा ठूलो खर्च छ ।” राजभण्डारी आफँैले पनि विद्यालयमा रु पाँच लाखको अक्षयकोष खडा गर्नुभएको छ । विद्यालयको दिगो विकासका लागि सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । विद्यालयमा संस्कृततर्फ वेद, व्याकरण, कर्मकाण्ड र संस्कृत भाषा तथा आधुनिकतर्फ नेपाली, अंग्रेजी, गणित र सामाजिक विषयको पढाइ हुने गरेको छ । 

सो विद्यालयमा पढेका अधिकांश विद्यार्थी संस्कृत विषयमा उपल्लो तहको अध्ययनका लागि भारत जाने गरेका छन् । कुँडुलेमै जन्मनुभएका स्वामी श्रीधराचार्यले स्थापना गरेको विद्यालयले वैदिक धर्म र संस्कृतिको उन्नयनमा टेवा पुर्याउँदै आएको छ । विद्यालय परिसरमा प्रसिद्ध श्रीरंगवेंकटेश मुक्तिनारायणको मन्दिरसमेत छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो