७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महन्थ ठाकुरले सांसदलाई सपथ खुवाउने

२० फाल्गुन २०७४, आईतवार ०७:४८

फागुन -२०,काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरले सांसदलाई सपथ खुवाउने भएका छन्। यसअघि जेष्ठ सदस्य महेन्द्रराय यादवले सपथ खुवाउने तयारी गरिएपनि उनको नागरिकता र निर्वाचन आयोगमा बुझाएको जन्ममिति फरक परेपछि ठाकुरलाई सपथ खुवाउने जिम्मेवारी दिइएको हो।

जेष्ठ सदस्य महेन्द्र राय यादवको जन्ममितिमा विवाद देखिएपछि प्रतिनिधिसभामा रहेका ५ दलबीचको छलफल ठाकुरबाट सपथ लिने सहमतिमा पुगेको हो। सांसदलाई सपथ खुवाउनुअघि जेष्ठ सदस्यल राष्ट्रपतिबाट सपथ लिनुपर्ने हुन्छ। संसदको कार्यसूचि तयारीका लागि सदनमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग परामर्शमा नेता रायलाई ज्येष्ठ सदस्यका रुपमा शपथ नगराउने सहमति बनेको हो। यादव ६३ वर्षको भए पनि नागरिकता अनुसार उनको उमेर ८० वर्ष देखिएको थियो। 

सांसदलाई सपथ खुवाउनुअघि ७५ वर्षीय ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन्।

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ठाकुर र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ।ज्येष्ठ सदस्यको सपथ पछि प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजे हुँदैछ । 

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ ।  राष्ट्रपति कार्यालय शीतलनिवासमा ज्येष्ठ सदस्यले शपथ लिएपछि उनीहरुले नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई शपथ गराउनेछन् । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य रहेका छन् । 

राष्ट्रियसभामा मनोनीत सदस्यको सपथ नहुने 

राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न  अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उनीहरूको शपथ नहुने भएको छ । अघिल्लो सरकारले मनोनयन गरेकालाई फिर्ता गरी नयाँ सरकारको सिफारिशमा नयाँ सदस्य मनोनयन भएका विषयमा सर्वोच्च मा रिट निवेदन परेको थियो । 

प्रतिनिधिसभामा ३८ जनाले मातृभाषामा शपथ लिने 

संवैधानिक व्यवस्थानुसार आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यको संख्या ४४ पुगेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा गौतमका अनुसार प्रतिनिधिसभामा ३८ जनाले आफ्नो मातृभाषामा शपथ लिने जानकारी गराएका छन् । भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी भाषामा शपथ लिन चाहेको भन्दै प्रतिनिधिसभामा निर्वाचित सांसदले सचिवालयलाई जानकारी गराएका छन् । यस्तै राष्ट्रियसभाका छ सदस्यले मातृभाषामा शपथ लिने भएका छन् ।  


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने