७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा निकायको चुस्त परिचालन आवश्यक छ: गृहमन्त्री थापा

२० फाल्गुन २०७४, आईतवार १२:१३

फागुन २०, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले मुलुकको सुरक्षा अवस्था विशिष्ट मोडमा रहेको भन्दै यस घडीमा सुरक्षा निकायको चुस्त परिचालन अत्यन्तै महत्वपूर्ण हुने बताउनुभएको छ । 

सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित सिसं २ कमाण्ड तथा स्टाफ तालीमको दीक्षान्त समारोहलाई यहाँ आज सम्बोधन गर्दै गृहमन्त्री थापाले फौजमा नेतृत्वको निर्णय क्षमता एवं कार्यक्षेत्रमा त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र सोचेको सफलता हासिल हुने बताउनुभयो । 

जनताले परिवर्तित अवस्थाको अनुभूति राष्ट्रसेवकको पेशागत दक्षता तथा व्यवहारबाट अनुभूत गर्न पाउनुपर्ने गृहमन्त्रीको भनाइ थियो । 

त्यसका लागि आफू जनताको ‘शासक हैन सेवक’ भन्ने मान्यता राखी नेपाली जनताको सेवामा समर्पित हुन उहाँले आग्रह गर्नुभयो । 

स्टाफ कलेजको दोस्रो ‘ब्याच’का रुपमा आज दीक्षित भएका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई बधाई एवं शुभकामना दिँदै तालीममा आर्जन गरेको ज्ञान एवं क्षमतालाई कार्यक्षेत्रमा सफलतापूर्वक सदुपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “लामो तथा कठिन तालीमपश्चात् गतिशील विश्वमा देखा परिरहने विभिन्न आयामको सूक्ष्म अध्ययन एवं नेपाली समाजमा देखा परेका एवं भोलिका दिनमा देखा पर्नसक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको विश्लेषण गर्दै चुस्त सुरक्षा योजना एवं उचित कार्यान्वयन गरी देश तथा जनताको सेवा र सुरक्षामा तपाइँहरुले विशिष्ट योगदान पु¥याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।” 

कार्यक्रम त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा तीर्थराज खनियाँ र सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले आज दीक्षित भएकाले प्राप्त गरेको ज्ञान र शीपले कार्यक्षेत्रमा सफल परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा दीक्षित भएका प्रशिक्षार्थी तथा उत्कृष्ट प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने