फागुन २१, काठमाडौं | आज कांग्रेस संसदीय दलको चुनाव हुँदैछ । सर्वसम्मतिको प्रयास असफल भएपछि कांग्रेस संसदीय दलको नेतामा कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुँदैछ । यस पटक संसदीय दलको नेता चयनमा रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति देउवाको समर्थन नगर्ने भएका छन्, उनीहरुले सिंहलाई समर्थन गर्ने भएका छन् ।
आइतबारको उम्मेद्वारीसँगै आज संसदीय दलको नेताका लागि बिहान १० बजदेखि १ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान हुनेछ । आइतबार भएको उम्मेद्वारी कार्यक्रममा देउवाको उम्मेदवारीको प्रस्तावक विजयकुमार गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा छन् भने सिंहको प्रस्तावकमा कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सञ्जयकुमार गौतम रहेका छन् ।
पौडेल र सिटौलाको समर्थन पाएपनि आफुनै संसदीय दलको नेता बन्नेमा देउवा ढुक्क छन् । उता सिंहले पनि यो पटक अंकगणितले काम नगर्ने भन्दै देउवालाई समर्थन गर्ने भनेकाले पनि आफुलाई मत हाल्ने दावी गरेका छन् ।