२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा बोक्सी भन्दै महिला कुटीइन्, लमही अस्पतालमा उपचार हुँदै

२१ फाल्गुन २०७४, सोमबार ०१:४६

फागुन २१, दाङ | बोक्सी आरोपमा राजपुरमा एक महिलामाथि कुटपिट भएकोछ । कुटाइबाट घाइते महिलाको लमही अस्पतालमा उपचार भइरहेको छ । बोक्सी आरोप लगाउदै राजपुर गाउँपालिका ७ वनकट्टीकी महिलालाई स्थानीय केही व्यक्तिले शुक्रबार साँझ कुटेर सख्त घाइते बनाएको प्रहरीले बताए ।

घटनामा संलग्नलाई कारबाही माग गर्दैशनिबार मौखिक र आइतबार लिखित जाहेरी परको छ । आइतबार नै जाहेरी अनुसार मुद्दा दर्ता भएकोइलाका प्रहरी गढवाका प्रमुख प्रमोद क्षत्रीले बताए । आरोपी मध्ये तीन जनालाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप समेत गराइएकोछ । ‘बोक्सी आरोपमा कुटपिट गरको जाहेरी परको छ । सोही आधारमा मुद्दा दायर भइसकेको छ,’ उनले भने, ‘तीन जनालाई पक्राउपछि अनुसन्धान सुरु भएकोछ । अन्यको भने खोजी भइरहेको छ ।’ बाँकीलाई पनि तत्काल पक्राउ गरी अनुसन्धान थालिने उनले बताए । 

गाउँमा एक महिला बिरामी भएको र झारफुक गर्दा बोक्सी लागेको आरोप लगाएर आफूमाथि कुटपिट भएको अस्पतालमा उपचाररत पीडित महिलाले बत़ाइन्। ‘म घरमा बसिरहेका बेला एक्कासी केही छिमेकी आएर बाहिर बोलाए । त्यसपछि बोक्सी भनेर जथाभावी कुटे,’ उनले भनिन्, ‘लछारपछार पाररे घाइते बनाए ।’ – कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने