२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा घर, डडेल्धुरामा कर

२२ फाल्गुन २०७४, मंगलवार ०४:४९

फागुन २२, बैतडी (रासस) | बैतडीको तल्लोस्वराड मेलौलीका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य भएका छन् । 

बैतडीको मेलौली नगरपालिका–८, का ४०० भन्दा बढी घरपरिवार आफ्नो घर, जग्गा तथा सम्पत्तिको कर डडेल्धुरा जिल्लामा तिर्दै आएका छन् । विसं २०३२ भन्दा अगाडि त्यस क्षेत्र डडेल्धुरा जिल्लामा राखिएको हुँदा डडेल्धुरामा नै राजश्व बुझाउँदै आएको मेलौली नगरपालिका–८ का वडासदस्य प्रेमसिंह विष्टले बताउनुभयो । 

पछि सीमांकन गर्दा सुर्नया नदीलाई सीमाना बनाएर मेलौलीको विशालपुर क्षेत्र बैतडीमा गाभिएपछि जग्गाको नापी नहुँदा कर डडेल्धुराको भागेश्वर गाउँपालिकामा तिर्न जानुपर्ने बाध्यता रहेको छ । उहाँले भन्नुभयो “डडेल्धुरा जिल्लामा राजश्व बुझाउँदै आए पनि डडेल्धुराबाट सेवा सुविधा भने पाएका छैनौँ ” । 

मेलौली–८ का बासिन्दालाई घरजग्गा कारोबार, कित्ताकाटदेखि जग्गा पास गर्नसमेत डडेल्धुरा नै पुग्नुपर्ने बाध्यता छ । फरक भू–भाग भएकै कारण बैतडी र डडेल्धुराको सिमानामा विद्युत् भएपनि बैतडी बासिन्दाले विद्युत्को उपभोग गर्न नपाएको स्थानीय तपेन्द्र विष्टले जानकारी दिनुभयो । स्थानीय बासिन्दाले बैतडी क्षेत्र ‘ख’ का प्रदेश सांसद लिलाधर भट्टलाई त्यस क्षेत्रको समस्याबारे जानकारी समेत गराएको बताएका छन् । 

आफूलाई विशालपुर बासिन्दाको समस्या थाहा हुने बित्तिकै नापी विभाग तथा जिल्ला नापी कार्यालयमा खबर गरेको र प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँग छलफल गरेको सांसद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो “समस्या समाधानका लागि पहल थालेको छु, छिट्टै समस्या समाधान हुन्छ ।” 

जिल्लामा यो विषयमा पहिलोपटक खबर आएको र यो समस्या समाधानका लागि पहल थाल्ने जिल्ला नापी कार्यालय, बैतडीका प्रमुख नरबहादुर चन्दले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो