टेकबहादुर शाही | फागुन २२, डोल्पा  | राष्ट्रिय राजमार्गमा नजोडिएको जिल्ला डोल्पामा आन्तरीक सड्क बिस्तार स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको छ । आन्तरीक सड्ब ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेकबहादुर शाही | फागुन २२, डोल्पा  | राष्ट्रिय राजमार्गमा नजोडिएको जिल्ला डोल्पामा आन्तरीक सड्क बिस्तार स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको छ । आन्तरीक सड्ब ब"/>
2026-09-03 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पाको आन्तरीक सडक बिस्तारमा स्थानीय सरकारको प्राथमिकता

टेकबहादुर शाही | फागुन २२, डोल्पा  | राष्ट्रिय राजमार्गमा नजोडिएको जिल्ला डोल्पामा आन्तरीक सड्क बिस्तार स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको छ । आन्तरीक सड्ब बिस्तारमा जोड दिनको लागि जिल्लाका ३ वटा स्थानीय तहले यसै आर्थिक बर्षमा डोजर खरिद गर्ने भएका छन । त्रिपूरा सुन्दरी नगरपालिका,काईके गाउपालिका र छार्का ताङसोङ गाउपालिकाले खरिद प्रकृया अगाडि बढाएका छन । 

भौगोलिक रुपमा बिकट जिल्ला भएको कारण आन्तरीक सड्क बिस्तारमा नै बर्षौ लाग्ने हुदा पहिलो प्राथमिकतामा आन्तरीक सड्क भएको छार्काताङसोङ गाउपालिकाको कार्यालय जानकारि दिएको छ । छिमेकी जिल्ला मुस्ताङबाट पनि सड्क बिस्तार गर्न सकिने र जनताले श्रम गरेर मात्र सड्क खन्न नसक्ने भौगोलिक अबस्था भएको कारण पनि जनताको माग डोजर खरिद भएको कारण गाउपरिषदबाट पारित गरेर खरिद गर्न लागिएको गाउपालिकाका जनप्रतिनिधिहरुको भनाइ रहेको छ ।  

आन्तरीक सड्क बिस्तारको लागि करोडौ बजेट लाग्ने र स्थानीय तहको आफनौ डोजर भएमा बजेटको द्रुपयोग नहुने भएको कारण खरिद गर्न लागिएको त्रिपुरा सुन्दरी नगरपालिकाका कार्यकारी भिमबहादुर धरालाले जानकारि दिए । उनका अनुसार गाउगाउमा सड्क पुर्याउने लक्ष्य रहेकोले पनि नगरपालिकाको आफनै मेसिन खरिद गर्न लागिएको बताए ।

सदरमुकाम दुनैबाट करिब २० किलोमिटरको आन्तरीक सड्क रहेको काइके गाउपालिकामा गाउगाउमा सड्क बिस्तार गर्ने जनताको माग रहेकोले डोजर खरिद गर्न प्रकृया अगाडि बढाएको कार्यकारी रामेश्वर ढुङगानाले जानकारि दिए । उनका अनुसार जनताको माग सड्कमा धरै प्राथमिकता छ आन्तरीक सड्क बिस्तार भए पछि राष्ट्रिय राजमार्ग पुग्ने बित्तिकै गाउगाउमा सड्क पुगेको आभास जनताले गर्ने बताए ।

राष्ट्रिय राजमार्गले सदरमुकाम दुनै जोड्न केहि किलोमिटर मात्र बांकी रहेको छ । राष्ट्रिय सड्क सञ्जालले डोल्पालाइ जोडेसंगै जिल्लाका धेरै क्षेत्रमा गाडि गडाउने लक्ष्य रहेको ठुलीभेरि नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीले बताए । उनले भने अरु काम र सेवा स्थानीय सरकारले दिइनै रहन्छ तर सड्क पहिलो प्राथमिकता हो सड्क पुगे जनताको धेरै कुरामा सहजता हुन्छ । 

नमुना गाउपालिका बनाउने भन्दै जगदुल्ला गाउपालिकामा भाडाकै डोजरबाट आन्तरीक सड्क बिस्तार भइ रहेको गाउपालिकाका अध्यक्ष नारासिं रोकायाले जानकारि दिए । उनका अनुसार जिल्लाका ८ वटा स्थानीय तहमा नमुना गाउपालिका बनाएर जनतालाइ स्थानीय सरकारको अनुभुति गराउने उद्धेश्यले सड्क र सञ्चार पहिलो प्राथमिकतामा रहेको बताए । उनले भने २ बर्षमा जगदुल्ला गाउपालिकाका जनताले गाउगउमा सिंहदरबारको अनुभुति गर्नेछन । 

निर्वाचन आयोगले पिक्षडिएको क्षेत्रमा राखेको मुड्केचुला गाउपालिकामा पनि सड्क बिस्तारको काम तिव्र रुपमा भै रहेको गाउपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । उनका अनुसार कडा चट्टान र ठुलो क्षेत्रफलमा फैलिएको गाउपालिकामा सड्कले गाउगाउ जोड्ने गाउसभाको निर्णय नै भएकोले भाडामा नै डोजरले आन्तरीक सड्क बिस्तार तिब्र रुपमा भै रहेको बताए । 

शिक्षा,स्वास्थ्य,सञ्चार लगायत अन्य थुप्रै सेवाको अनुभुति राम्रोसंग गर्न नपाएका जताले सड्क नै पहिलो बिकास हो भन्ने मानेर सबै स्थनीय तहका जनताको माग सड्क बिस्तार रहेको बिज्ञहरु बताउछन । निजि देखि सरकारी सम्मका डोजरहरु १० लाख भन्दा धेरै महगो हेलिकप्टरको भाडा तिरेर जिल्लाका बिभिन्न गाउहरुमा ढुवानी गरि आन्तरीक सड्क बिस्तार गरिदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही