२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पामा आन्तरीक सडक बिस्तार स्थानीय सरकारको प्राथमिकतामा

२०७४, २२ फाल्गुन मंगलवार १०:५७

टेकबहादुर शाही/फागुन २२, डोल्पा | राष्ट्रिय राजमार्गमा नजोडिएको जिल्ला डोल्पामा आन्तरीक सड्क बिस्तार स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको छ । आन्तरीक सड्ब बिस्तारमा जोड दिनको लागि जिल्लाका ३ वटा स्थानीय तहले यसै आर्थिक बर्षमा डोजर खरिद गर्ने भएका छन । त्रिपूरा सुन्दरी नगरपालिका,काईके गाउपालिका र छार्का ताङसोङ गाउपालिकाले खरिद प्रकृया अगाडि बढाएका छन । 


भौगोलिक रुपमा बिकट जिल्ला भएको कारण आन्तरीक सड्क बिस्तारमा नै बर्षौ लाग्ने हुदा पहिलो प्राथमिकतामा आन्तरीक सड्क भएको छार्काताङसोङ गाउपालिकाको कार्यालय जानकारि दिएको छ । छिमेकी जिल्ला मुस्ताङबाट पनि सड्क बिस्तार गर्न सकिने र जनताले श्रम गरेर मात्र सड्क खन्न नसक्ने भौगोलिक अबस्था भएको कारण पनि जनताको माग डोजर खरिद भएको कारण गाउपरिषदबाट पारित गरेर खरिद गर्न लागिएको गाउपालिकाका जनप्रतिनिधिहरुको भनाइ रहेको छ ।  

आन्तरीक सड्क बिस्तारको लागि करोडौ बजेट लाग्ने र स्थानीय तहको आफनौ डोजर भएमा बजेटको द्रुपयोग नहुने भएको कारण खरिद गर्न लागिएको त्रिपुरा सुन्दरी नगरपालिकाका कार्यकारी भिमबहादुर धरालाले जानकारि दिए । उनका अनुसार गाउगाउमा सड्क पुर्याउने लक्ष्य रहेकोले पनि नगरपालिकाको आफनै मेसिन खरिद गर्न लागिएको बताए ।

सदरमुकाम दुनैबाट करिब २० किलोमिटरको आन्तरीक सड्क रहेको काइके गाउपालिकामा गाउगाउमा सड्क बिस्तार गर्ने जनताको माग रहेकोले डोजर खरिद गर्न प्रकृया अगाडि बढाएको कार्यकारी रामेश्वर ढुङगानाले जानकारि दिए । उनका अनुसार जनताको माग सड्कमा धरै प्राथमिकता छ आन्तरीक सड्क बिस्तार भए पछि राष्ट्रिय राजमार्ग पुग्ने बित्तिकै गाउगाउमा सड्क पुगेको आभास जनताले गर्ने बताए ।

राष्ट्रिय राजमार्गले सदरमुकाम दुनै जोड्न केहि किलोमिटर मात्र बांकी रहेको छ । राष्ट्रिय सड्क सञ्जालले डोल्पालाइ जोडेसंगै जिल्लाका धेरै क्षेत्रमा गाडि गडाउने लक्ष्य रहेको ठुलीभेरि नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीले बताए । उनले भने अरु काम र सेवा स्थानीय सरकारले दिइनै रहन्छ तर सड्क पहिलो प्राथमिकता हो सड्क पुगे जनताको धेरै कुरामा सहजता हुन्छ । 

नमुना गाउपालिका बनाउने भन्दै जगदुल्ला गाउपालिकामा भाडाकै डोजरबाट आन्तरीक सड्क बिस्तार भइ रहेको गाउपालिकाका अध्यक्ष नारासिं रोकायाले जानकारि दिए । उनका अनुसार जिल्लाका ८ वटा स्थानीय तहमा नमुना गाउपालिका बनाएर जनतालाइ स्थानीय सरकारको अनुभुति गराउने उद्धेश्यले सड्क र सञ्चार पहिलो प्राथमिकतामा रहेको बताए । उनले भने २ बर्षमा जगदुल्ला गाउपालिकाका जनताले गाउगउमा सिंहदरबारको अनुभुति गर्नेछन । 

निर्वाचन आयोगले पिक्षडिएको क्षेत्रमा राखेको मुड्केचुला गाउपालिकामा पनि सड्क बिस्तारको काम तिव्र रुपमा भै रहेको गाउपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । उनका अनुसार कडा चट्टान र ठुलो क्षेत्रफलमा फैलिएको गाउपालिकामा सड्कले गाउगाउ जोड्ने गाउसभाको निर्णय नै भएकोले भाडामा नै डोजरले आन्तरीक सड्क बिस्तार तिब्र रुपमा भै रहेको बताए । 

शिक्षा,स्वास्थ्य,सञ्चार लगायत अन्य थुप्रै सेवाको अनुभुति राम्रोसंग गर्न नपाएका जताले सड्क नै पहिलो बिकास हो भन्ने मानेर सबै स्थनीय तहका जनताको माग सड्क बिस्तार रहेको बिज्ञहरु बताउछन । निजि देखि सरकारी सम्मका डोजरहरु १० लाख भन्दा धेरै महगो हेलिकप्टरको भाडा तिरेर जिल्लाका बिभिन्न गाउहरुमा ढुवानी गरि आन्तरीक सड्क बिस्तार गरिदैछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त