२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पामा आन्तरीक सडक बिस्तार स्थानीय सरकारको प्राथमिकतामा

२२ फाल्गुन २०७४, मंगलवार १०:५७

टेकबहादुर शाही/फागुन २२, डोल्पा | राष्ट्रिय राजमार्गमा नजोडिएको जिल्ला डोल्पामा आन्तरीक सड्क बिस्तार स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेको छ । आन्तरीक सड्ब बिस्तारमा जोड दिनको लागि जिल्लाका ३ वटा स्थानीय तहले यसै आर्थिक बर्षमा डोजर खरिद गर्ने भएका छन । त्रिपूरा सुन्दरी नगरपालिका,काईके गाउपालिका र छार्का ताङसोङ गाउपालिकाले खरिद प्रकृया अगाडि बढाएका छन । 


भौगोलिक रुपमा बिकट जिल्ला भएको कारण आन्तरीक सड्क बिस्तारमा नै बर्षौ लाग्ने हुदा पहिलो प्राथमिकतामा आन्तरीक सड्क भएको छार्काताङसोङ गाउपालिकाको कार्यालय जानकारि दिएको छ । छिमेकी जिल्ला मुस्ताङबाट पनि सड्क बिस्तार गर्न सकिने र जनताले श्रम गरेर मात्र सड्क खन्न नसक्ने भौगोलिक अबस्था भएको कारण पनि जनताको माग डोजर खरिद भएको कारण गाउपरिषदबाट पारित गरेर खरिद गर्न लागिएको गाउपालिकाका जनप्रतिनिधिहरुको भनाइ रहेको छ ।  

आन्तरीक सड्क बिस्तारको लागि करोडौ बजेट लाग्ने र स्थानीय तहको आफनौ डोजर भएमा बजेटको द्रुपयोग नहुने भएको कारण खरिद गर्न लागिएको त्रिपुरा सुन्दरी नगरपालिकाका कार्यकारी भिमबहादुर धरालाले जानकारि दिए । उनका अनुसार गाउगाउमा सड्क पुर्याउने लक्ष्य रहेकोले पनि नगरपालिकाको आफनै मेसिन खरिद गर्न लागिएको बताए ।

सदरमुकाम दुनैबाट करिब २० किलोमिटरको आन्तरीक सड्क रहेको काइके गाउपालिकामा गाउगाउमा सड्क बिस्तार गर्ने जनताको माग रहेकोले डोजर खरिद गर्न प्रकृया अगाडि बढाएको कार्यकारी रामेश्वर ढुङगानाले जानकारि दिए । उनका अनुसार जनताको माग सड्कमा धरै प्राथमिकता छ आन्तरीक सड्क बिस्तार भए पछि राष्ट्रिय राजमार्ग पुग्ने बित्तिकै गाउगाउमा सड्क पुगेको आभास जनताले गर्ने बताए ।

राष्ट्रिय राजमार्गले सदरमुकाम दुनै जोड्न केहि किलोमिटर मात्र बांकी रहेको छ । राष्ट्रिय सड्क सञ्जालले डोल्पालाइ जोडेसंगै जिल्लाका धेरै क्षेत्रमा गाडि गडाउने लक्ष्य रहेको ठुलीभेरि नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीले बताए । उनले भने अरु काम र सेवा स्थानीय सरकारले दिइनै रहन्छ तर सड्क पहिलो प्राथमिकता हो सड्क पुगे जनताको धेरै कुरामा सहजता हुन्छ । 

नमुना गाउपालिका बनाउने भन्दै जगदुल्ला गाउपालिकामा भाडाकै डोजरबाट आन्तरीक सड्क बिस्तार भइ रहेको गाउपालिकाका अध्यक्ष नारासिं रोकायाले जानकारि दिए । उनका अनुसार जिल्लाका ८ वटा स्थानीय तहमा नमुना गाउपालिका बनाएर जनतालाइ स्थानीय सरकारको अनुभुति गराउने उद्धेश्यले सड्क र सञ्चार पहिलो प्राथमिकतामा रहेको बताए । उनले भने २ बर्षमा जगदुल्ला गाउपालिकाका जनताले गाउगउमा सिंहदरबारको अनुभुति गर्नेछन । 

निर्वाचन आयोगले पिक्षडिएको क्षेत्रमा राखेको मुड्केचुला गाउपालिकामा पनि सड्क बिस्तारको काम तिव्र रुपमा भै रहेको गाउपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । उनका अनुसार कडा चट्टान र ठुलो क्षेत्रफलमा फैलिएको गाउपालिकामा सड्कले गाउगाउ जोड्ने गाउसभाको निर्णय नै भएकोले भाडामा नै डोजरले आन्तरीक सड्क बिस्तार तिब्र रुपमा भै रहेको बताए । 

शिक्षा,स्वास्थ्य,सञ्चार लगायत अन्य थुप्रै सेवाको अनुभुति राम्रोसंग गर्न नपाएका जताले सड्क नै पहिलो बिकास हो भन्ने मानेर सबै स्थनीय तहका जनताको माग सड्क बिस्तार रहेको बिज्ञहरु बताउछन । निजि देखि सरकारी सम्मका डोजरहरु १० लाख भन्दा धेरै महगो हेलिकप्टरको भाडा तिरेर जिल्लाका बिभिन्न गाउहरुमा ढुवानी गरि आन्तरीक सड्क बिस्तार गरिदैछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’