2026-08-26 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काम नसकिँदै उप्कियो दिक्तेल–हलेसी सडकको कालोपत्र

फागुन २३, खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरेर नसकिँदै उप्किएको छ । गुणस्तरहीन सामग्रीका कारण कालोपत्र उप्किएको हो ।

तीन वर्ष अघिदेखि कालोपत्र थालिएको दिक्तेल–हलेसी सडकखण्डको हलेसी र अर्खौलेको बीचमा गरिएको कालोपत्र महिनादिन पनि नपुग्दै उप्किएको स्थानीयवासीले बताएका छन् । तीन खण्डमा विभाजन गरेर काम थालिएको सो सडकको दिक्तेलदेखि हुर्लुङसम्मको खण्डमा भने अहिले ग्राभेलिङको काम भइरहेको छ ।

उक्त खण्डमा पनि नुनथलास्थित हुर्लुङ पाखाको कमसल (सेतो फोस्के) रोडा–ढुङ्गा प्रयोग गरेको पाइएको छ । सडक कालोपत्र गुणस्तरहीन बन्दै गएकोप्रति अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।

सडक कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनीले नाफा कमाउने उद्देश्यले कमसल सामग्री प्रयोग गरेको स्थानीयवासीको आरोप छ । जिल्लाको प्रमुख मार्ग दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन जेभी त्रिशूलीले लिएको छ । कालोपत्र गुणस्तरहीन भएको जनगुनासो आएपछि ठेकेदार राम पाख्रिनसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

निर्माणस्थलमा खटिएका इन्जिनियरहरुले ठेकेदारले अह्राएअनुसार आफूहरुले काम गरेको बताएका छन् । काम सम्पन्न नभई कालोपत्र उप्किएका बारेमा प्राविधिक सहितको टोली लिएर स्थलगत अनुगमन गर्ने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए । ‘हामीले गुणस्तर कायम गर्न पटक–पटक खबरदारी गरिरहेका छौँ,’ उनले भने, ‘गुणस्तरहीन भएकै रहेछ भने कारबाहीको प्रक्रिया अगाडि बढाउँछु ।’

जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सूर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्र गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन जेभी त्रिशूलीले लिएको छ ।

एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्नेगरी काम थालिएको हो ।

करीब दश वर्ष अघिदेखि यातायात सञ्चालन भएको दिक्तेल–हलेसी सडक कालोपत्र नहुँदा हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । सम्झौता गरेको लामो समयसम्म सुस्त गतिमा काम भइरहेको दिक्तेल–हलेसी सडक कालोपत्रे गर्ने कार्यले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ठाडो निर्देशनपछि गति लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग