१३ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा लोहनीले भने – ‘कांग्रेस, एमाले र माओवादीले देशलाई अराजकताको भुमरीमा जाके’

२३ फाल्गुन २०७४, बुधबार ०८:३१

फ़ागुन २३, त्रिशूली (रासस) | एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देशमा भागबण्डाको राजनीति गरेका कारण जनताले दुःख पाइरहेको बताउनु भएको छ । 

मंगलबार विदुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले विशेषगरी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले देशलाई अराजकताको भुमरीमा जाकेको आरोप लगाउनुभयो । डा लोहनीले देश र जनताप्रति होइन, यसअघिका सरकारले आफ्ना परिवार, नातेदार तथा कार्यकर्ताको माया मात्रै गरेर सरकारी ढुकुटीबाट ठूलो रकम बाँड्ने र राजनीतिक नियुक्ति गरेका कारण गलत परिपाटी बस्न गएको बताउनुभयो । 

उहाँले अब देशमा शिक्षा, स्वास्थ्य, सुरक्षा, न्याय तथा रोजगारीका लागि आन्दोलन गर्नुपर्ने स्थिति आएको पनि बताउनुभयो । अध्यक्ष डा लोहनीले देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजसंस्था भएमा देशमा सन्तुलन कायम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “धर्म निरपेक्षताको नाममा देश अस्थिरतातर्फ बढेको छ । धर्म निरपेक्ष हटाउनुपर्छ । साथै, एउटा राजा हुनेमा अहिले सयौँ राजा बनेर देशलाई अनिर्णयको बन्दी बनाइरहेका छन् ।” 

कार्यक्रममा अतिथिको रुपमा उपस्थित राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले नेपालका दल तथा तिनका नेताहरुमा जनताप्रति उत्तरदायी हुने भावना नभएकै कारण देशमा विभिन्न समस्या सिर्जित भइरहेको बताउनुभयो । 

सो दलका महामन्त्रीद्वय श्याम तिमिल्सिना, भरतजंग उप्रेती, सहप्रवक्ता जनकराज पाठक, केन्द्रीय सदस्यद्वय गोकर्ण सिटौला र झनक प्याकुरेलले देशमा संक्रमणकाल अन्त्यका लागि राष्ट्रवादी शक्ति मिल्नुको विकल्प नरहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुमनाले भनिन्- हामीलाई तर्साउन र धम्क्याउन खोज्छन्, प्रतिरोधका लागि तयार रहनू सन्दीपले गरे इन्स्टाग्राममा कुशल मल्ल बाहेक टिमका सबै सदस्यलाई अनफलो प्रचण्डसहित माओवादी नेताहरुविरुद्ध अख्तियारमा उजुरी राजेन्द्र लिङदेनको दाबी- ठूला तीन दल भ्रष्ट, रास्वपा हावा भारतीय विमानहरूलाई बमले उडाउने धम्की दिने व्यक्तिको खुल्यो पहिचान ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार हामी दिन्छौँ : उपसभापति अर्याल विष्णु रिजालको दाबी- डीपी अर्याल र सन्तोष परियार बालुवाटार पुगेर रविलाई बचाउन हारगुहार गरे इजरायली आक्रमणमा ६० जनाको मृत्यु : लेबनान रास्वपा सांसद चौधरीसहित १७ जना पक्राउ (अपडेट) रास्वपा उपसभापति डिपी अर्याल किन पुगे गृहमन्त्री कहाँ ? शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गर्‍यो : रास्वपा रास्वपाका एक दर्जन नेता कार्यकर्ता पक्राउ (सूचीसहित) नेपालले एक घण्टाभन्दा बढी खेल रोकेको भन्दै भारतले साफमा उजुरी गर्ने आज मंगलबार पन्ध्र सयले बढ्दै सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम! रोड्रीले बालोन डि’ओर जित्दा किन रिसायो रियल म्याड्रिड ? कतार पठाइदिन्छु भन्दै ठगी गर्ने मलेसियन नागरिकसहित चार जना पक्राउ बालुवाटारमा आज रास्वपाले विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री प्रयोग गरेर एनआरएनएमा बद्री केसी समूहले धम्क्याएको इतर समूहको आरोप मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? विश्वकप लिग–टू : आज नेपालले स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्दै