Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा लोहनीले भने – ‘कांग्रेस, एमाले र माओवादीले देशलाई अराजकताको भुमरीमा जाके’

२०७४, २३ फाल्गुन बुधबार ०८:३१

फ़ागुन २३, त्रिशूली (रासस) | एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देशमा भागबण्डाको राजनीति गरेका कारण जनताले दुःख पाइरहेको बताउनु भएको छ । 

मंगलबार विदुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले विशेषगरी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले देशलाई अराजकताको भुमरीमा जाकेको आरोप लगाउनुभयो । डा लोहनीले देश र जनताप्रति होइन, यसअघिका सरकारले आफ्ना परिवार, नातेदार तथा कार्यकर्ताको माया मात्रै गरेर सरकारी ढुकुटीबाट ठूलो रकम बाँड्ने र राजनीतिक नियुक्ति गरेका कारण गलत परिपाटी बस्न गएको बताउनुभयो । 

उहाँले अब देशमा शिक्षा, स्वास्थ्य, सुरक्षा, न्याय तथा रोजगारीका लागि आन्दोलन गर्नुपर्ने स्थिति आएको पनि बताउनुभयो । अध्यक्ष डा लोहनीले देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजसंस्था भएमा देशमा सन्तुलन कायम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “धर्म निरपेक्षताको नाममा देश अस्थिरतातर्फ बढेको छ । धर्म निरपेक्ष हटाउनुपर्छ । साथै, एउटा राजा हुनेमा अहिले सयौँ राजा बनेर देशलाई अनिर्णयको बन्दी बनाइरहेका छन् ।” 

कार्यक्रममा अतिथिको रुपमा उपस्थित राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले नेपालका दल तथा तिनका नेताहरुमा जनताप्रति उत्तरदायी हुने भावना नभएकै कारण देशमा विभिन्न समस्या सिर्जित भइरहेको बताउनुभयो । 

सो दलका महामन्त्रीद्वय श्याम तिमिल्सिना, भरतजंग उप्रेती, सहप्रवक्ता जनकराज पाठक, केन्द्रीय सदस्यद्वय गोकर्ण सिटौला र झनक प्याकुरेलले देशमा संक्रमणकाल अन्त्यका लागि राष्ट्रवादी शक्ति मिल्नुको विकल्प नरहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ