2026-10-15 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

मौनता तोड्न महिलालाई आग्रह

फागुन २४, धादिङ | महिला मौन बसेर आफूमाथि भएको हिंसाले प्रश्रय पाइरहेकाले मौनता तोड्न आग्रह गरिएको छ । 

एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिलामाथि हुने हिंसाविरुद्ध आज आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विन्दा नेपालीले महिलाले आफूमाथि भएको हिंसाका बारेमा अरुलाई नभनेका कारण थप हिंसा भइरहेकाले हिंसा पीडितले समस्या समाधानका लागि बोल्नुपर्नेमा जोड दिनुभयो । 

हातमुख बाँधिएका र बोक्सी आरोप लगाइएका महिलाको अवस्था अन्त्यका लागि महिला पुरुष साझेदारी आवश्यक रहेको सहभागीले बताउनुभयो । गजुरी गाउँपालिका र सहयात्री समाज नेपालको आयोजनामा सञ्चालित महिलामाथि हुने हिंसाका सामग्रीको प्रदर्शनी र महिलामाथि हुने हिंसाविरुद्धको अभियान सञ्चालन गरिएको थियो । 

सोही अवसरमा नीलकण्ठ नगरपालिका र समाजद्वारा आयोजित कार्यक्रममा रमेश अधिकारीद्वारा लिखित ‘गन्तव्य’ शीर्षक कवितासंग्रहको विमोचन गरियो । बाउन्न कविता रहेको संग्रहमा महिला अधिकारका विषय छन् । त्यहाँ रहेको ‘म बोल्छु’ हस्ताक्षर तुलमा हस्ताक्षर गरी पुरुषले समेत प्रतिबद्धता जनाए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने