फागुन २५,काठमाण्डौ।प्रधानमन्त्री केपीशर्मा ओलीले देश र जनताको अहितहुने कुनै पनि काम नगर्ने बताउनु भएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चाको ज्ञापनपत्र आज बालुवाटारमा ग्रहणगर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकोले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभुती गराउने बताउनुभयो ।‘सरकारले सम्मानीत जीवन ज्यून पाउने अवस्था सबै नागरिकलाई उपलब्ध गराउछ’प्रधानमन्त्रीओलीले भन्नुभयो ‘भौगोलिकअखण्डता र राष्ट्रियताको रक्षा सरकारका प्राथमिकता हुन् ।’
सामाजिक विद्वेश भड्काउने,घृणाको खेती गर्ने,द्वन्द्वको मच्चाउने र द्वन्द्व व्यवस्थापनको खेती गर्ने तत्वहरुसँग सजग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ । ‘नेपाल कसैको खेल मैदान होइन’प्रधानमन्त्रीओलीले भन्नुभयो ‘अबयहाँ सद्ध्भावमा आधारित लोकतन्त्र स्थापित हुन्छ ।’
प्रधानमन्त्री ओलीले यसपालीको निर्वाचनमा जनताले स्थिरता र स्थायित्वका लागि मतदान गरेको बताउदै जनमतको कदर गर्न आफू सचेत रहेको बताउनुभएको छ । ज्ञापनपत्र लिएर आएको सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाको टिमलाई लक्षितगर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘केही बर्षपछि यस्ता ज्ञापन पत्र लिएर हिड्नु पर्ने दिन अन्त्य हुन्छन् ।’