Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल कसैको खेल मैदान होइन:प्रधानमन्त्री

२०७४, २५ फाल्गुन शुक्रबार ११:३०

फागुन २५,काठमाण्डौ।प्रधानमन्त्री केपीशर्मा ओलीले देश र जनताको अहितहुने कुनै पनि काम नगर्ने बताउनु भएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चाको ज्ञापनपत्र आज बालुवाटारमा ग्रहणगर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकोले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभुती गराउने बताउनुभयो ।‘सरकारले सम्मानीत जीवन ज्यून पाउने अवस्था सबै नागरिकलाई उपलब्ध गराउछ’प्रधानमन्त्रीओलीले भन्नुभयो ‘भौगोलिकअखण्डता र राष्ट्रियताको रक्षा सरकारका प्राथमिकता हुन् ।’

सामाजिक विद्वेश भड्काउने,घृणाको खेती गर्ने,द्वन्द्वको मच्चाउने र द्वन्द्व व्यवस्थापनको खेती गर्ने तत्वहरुसँग सजग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ । ‘नेपाल कसैको खेल मैदान होइन’प्रधानमन्त्रीओलीले भन्नुभयो ‘अबयहाँ सद्ध्भावमा आधारित लोकतन्त्र स्थापित हुन्छ ।’

प्रधानमन्त्री ओलीले यसपालीको निर्वाचनमा जनताले स्थिरता र स्थायित्वका लागि मतदान गरेको बताउदै जनमतको कदर गर्न आफू सचेत रहेको बताउनुभएको छ । ज्ञापनपत्र लिएर आएको सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाको टिमलाई लक्षितगर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘केही बर्षपछि यस्ता ज्ञापन पत्र लिएर हिड्नु पर्ने दिन अन्त्य हुन्छन् ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ