२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कन्काई नगरपालिका विद्युत् चुहावटमुक्त नगर घोषणा

२६ फाल्गुन २०७४, शनिबार १०:५६

फागुन २६, झापा (रासस) | झापाको कनकाई नगरपालिका आजबाट पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस नगरपालिकालाई पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा गर्नुभएको हो । 

नगरपालिकाको गत माघ १६ गतेको नगरपरिषद्को निर्णयअनुसार आजबाट पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा गर्ने नेपालकै पहिलो नगरपालिकाका रुपमा स्थापित भएको छ । 

नगरका कूल ८० प्रतिशत जनताले विद्युत् सेवा प्राप्त गरेका छन् । बाँकी रहेका जनतालाई पनि आगामी दुई वर्षभित्र विद्युत् सेवा उपलब्ध गराई पूर्णरुपमा विद्युत् सेवा प्राप्त नगरकारुपमा घोषणा गर्ने योजना रहेको नगरप्रमुख राजेन्द्रकुमार पोख्रेले जानकारी दिनुभयो । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरेर इतिहास कायम गरेकोमा नगरपालिकालाई बधाई दिँदै थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नगरपालिकामा ५५ हजार जनसंख्या रहेका छन् भने ११ हजार घरधुरी रहेको नगरप्रमुख पोख्रेलको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो