Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेशम चौधरी थप उपचारका लागि काठमाडौँमा

२०७४, २६ फाल्गुन शनिबार १२:३०

फागुन,२६,काठमाडौँ प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको स्वास्थ्य अवस्था जटिल बनेपछि  थप उपचारका लागि काठमाडौं ल्याइएको छ । जिल्ला कारागारमा ६ दिनदेखि आमरण अनसनमा बसेका चौधरीको पिसाबमा रगत बग्ने,मुखबाट फिँज आउने जस्ता समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको कैलालीबाट माधव चौधरीले साझासबाललाई जानकारी दिए ।

सेती अञ्चल अस्पतालले चौधरीलाई रेफर गर्नुपर्ने व्यहोराको कागज बनाएपछि हवाईजहाज मार्फत उनलाई काठमाडौँ पठाइएको चौधरीले बताए । रेशम चौधरीले कागती पानी बाहेक केहि खानु भएको छैन् उनले भने “स्वास्थ्यमा गम्भिर समस्या हुँदा समेत जीवन रक्षाको लागि नागरिक समाज, मानव अधिकारकर्मी कोही बोल्ने आँट गरेनन्।” 

गत फागुन २० गतेदेखि चौधरीसहित २४ जना कारागारभित्रै अनसनरत रहेका छन् । टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका चौधरी लगायतले प्रतिनिधिसभामा विजयी चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टीकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पूरा गर्नुपर्ने लगायतका माग गदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ