२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वडाध्यक्ष र वडा सदस्यले कुखुरा चोरे !

२०७४, २६ फाल्गुन शनिबार १५:२०

फागुन २६, कालिकोट | सान्नी त्रिवेणी गाउँपालिका– ९ का वडा अध्यक्ष दुर्गाबहादुर केसी र वडा सदस्य रामबहादुर केसीले स्थानीयको कुखुरा चोरेको आरोप लगाएका छन् । गत फागुन ६ गते राति वडाध्यक्ष र वडा सदस्य मिलेर स्थानीय अर्जुन खत्रीको कुखुरा चोरेर खाएको स्थानीयको आरोप छ ।

‘वडाध्यक्ष र सदस्यले कुखुरा चोरेर भागेका छन्’ एक स्थानीयले भने, ‘गाउँमा सबैले कुखुरा चोरेको थाहा पाएपछि उनीहरू भागेका हुन्।’ वडाध्यक्ष र सदस्यले कुखुरा चोरेर खाएको गाउँमा अहिले राजीनामा माग गर्दै स्थानीयले प्रेस विज्ञप्ति निकालेर गाउँमा टाँससमेत गरेका छन्। स्थानीयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको जिउधनको सुरक्षा गर्ने जनप्रतिनिधिहरूले कुखुरा चोरेर खाएको प्रमाणित भएको छ उनीहरूले नैतिकताका आधारमा राजीमाना दिनुपर्छ।’

वडाध्यक्ष केसीले भने आफुलाई यो बिषयमा थाह नभएको बताए । काम बिशेषले सदरमुकाम आएको र गाउँतिर फर्कन आफु बाटोमा भएको भन्दै वडाध्यक्ष केसीले गाउँ पुगेपछि वास्तविकता बुझेर खवर गर्ने जानकारी दिए । ‘कुखुरा चोरेको आरोप कसले लगायो थाहा भएन’ उनले भने, ‘अहिले म गाउँमा जाँदै छु। बुझेर तपाईंलाई खबर गरौँला।’

 वडाध्यक्षले कुखुरा चोरेको विषयमा गाउँपालिकामा कुनै जानकारी नभएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘वडा अध्यक्षका विषयमा गाउँपालिकामा कुनै जानकारी छैन’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते