2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटमा क्याम्पसलाई एक करोडको जग्गा

फागुन २७, नुवाकोट (रासस) | तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको शंखादेवी माविमा स्नातकतहको अध्ययन व्यवस्था मिलाउन विद्यालय व्यवस्थापन समितिले पहल थालेको छ । 

हाल कक्षा १२ सम्म अध्ययन हुँदै आएको उक्त विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि गाउँ छाडेर अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गराउन क्याम्पस चलाउन प्रक्रिया र पहल अघि बढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम शर्माले जानकारी दिनुभयो । क्याम्पसका लागि भौतिक संरचना निर्माण गर्न विद्यालय नजिकै रहेको दश रोपनी जग्गा प्रदान गर्ने घोषणा गर्दै शर्माले क्याम्पस सञ्चालनका लागि आर्थिक र कानुनी स्वीकृतिको पहल शुरु गरेको बताउनुभयो । 

उहाँका तर्फबाट क्याम्पसलाई उपलब्ध गराउन लागिएको दश रोपानी जग्गा स्थानीय क्षेत्रमा रु एक करोड मूल्य बराबरको छ । जग्गा प्रदान गर्ने घोषणा गरे पनि क्याम्पसको अनुमति पर्खाइमा भएकाले हस्तान्तरण हुन बाँकी छ । ‘असहाय, जेहेन्दार तथा जनजातिका लागि शिक्षा’ नामक संस्थाको अध्यक्षसमेत रहनुभएका शर्माले जिल्लाको ग्रामीण क्षेत्रका जेहेन्दार एवम् कमजोर वर्गका विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार उपलब्ध गराउँदै आउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई