२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेशी वस्तुलाई प्रोत्साहन गरेमात्र देश विकास हुन्छ: मन्त्री यादव

२०७४, २८ फाल्गुन सोमबार ०८:३५

फागुन २८, काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले स्वदेशमा उत्पादित वस्तुलाई प्रोत्साहन गरेमात्र देश विकास हुने बताउनुभएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासंघको २४औँ साधारणसभा तथा २१औँ राष्ट्रिय महिला उद्योगी सम्मेलनका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको विकास नै यो सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभयो । “अबको राजनीतिक देश समृद्धतर्फ लैजाने हुनेछ”, उहाँले भन्नुभयो । 

मन्त्री यादवले सरकारले निजी क्षेत्रमा गर्नुपर्ने कामबारे योजना बनाएर ल्याउन आग्रहसमेत गर्नुभयो । उद्योग मन्त्रालय सबैसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको उहाँको भनाइ थियो । “मिडिया क्षेत्रमा समेत अनुगमन हुन्छ, अपराध गर्ने जो कोहीलाई कारबाहीको घेरामा ल्याइन्छ”, उहाँले भन्नुभयो । 

उहाँले उद्योग क्षेत्र मुलुकको आर्थिक विकासको मुख्य आधार भएको भन्दै सरकार घर घरमा उद्योग पु¥याउने प्रतिबद्धताअनुसार अगाडि बढेको स्पष्ट पार्नुभयो । 

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले देश विकासको मुख्य आधार नै साना तथा घरेलु उद्योग भएकाले उक्त क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रका आधारभूत क्षेत्रहरु कृषि, वन, खनिज, पर्यटन, जलस्रोत क्षेत्रलाई अधिकतम प्रयोग गर्न सकेमात्र मुलुक विकास हुने भन्दै सरकारले उक्त क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

सम्मेलनमा घरेलु तथा साना उद्योगमार्फत महिलालाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारेमा गहन छलफल हुने महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा