२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएस बंगला विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

२०७४, २८ फाल्गुन सोमबार १२:५४

फाागुन २८,काठमाडौँ। प्रधानमन्त्री केपीशर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनावाजेद समक्ष आज काठमाडौंमा भएको युएस बंगलाको बम्बार्डियर विमान दुर्घटना प्रति दुःख ब्यक्त गर्नु भएको छ । बंगलादेशका प्रधानमन्त्रीलाई टेलिफोन सम्पर्क गर्नुहुँदै प्रधानमन्त्री ओलीले दुर्घटनामा भएको मानवीय र भौतिकक्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख ब्यक्त गर्नु भएको हो । 

बंगलादेशी प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले दुर्घटनामा परी ज्यान गुमाएका यात्रु र दुर्घटनाबाट भएको भौतिक क्षतिप्रति नेपाल सरकार दुःखी रहेको वताउनुभयो । संवादका क्रममा प्रधानमन्त्री ओलीले दुर्घटनामा दिवंगत भएका यात्रु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सनतप्त परिवारजनमा गहिरो समवेदना ब्यक्तगर्नुभयो । 

त्रासद् दुर्घटनाले आफू स्तब्ध भएको र दुर्घटनाको खवर पाउना साथ नेपाल सरकारले यथाशीघ उद्धार कार्य अघि बढाएको जानकारी दिनु भयो । बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु लिएर काठमाडौं आएको यूएस बंगलाको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएलगत्तै प्रधानमन्त्री ओली घटनास्थल निरीक्षण गर्न पुग्नु भएको थियो । बंगलादेशका प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले आफूले घटनास्थल निरीक्षण गरेको समेत वताउनु भएको थियो ।

दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन नेपाल सरकार  मन्त्रिपरिषद् बैठकबाट आयोग गठन गर्ने प्रधानमन्त्रीले जानकारी गराउनु भयो । बंगालदेशका प्रधानन्त्रीले दुर्घटना लगत्तै उद्धारका लागि नेपाल सरकारले देखाएको तदारुकता प्रति धन्यवाद ब्यक्त गर्नुभयो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ