२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कानुन बनाउँन पोखरा लेखनाथ महानगरपालिको दोश्रो नगरसभा सुरु

२९ फाल्गुन २०७४, मंगलवार ०७:२७

फागुन २९,  पोखरा    | पोखरा लेखनाथ महानगरपालिकाले एने कानून र कार्यविधि निर्माणमा गर्न दोश्रो नगरसभा सुरु गरेको छ । सोमबारदेखि शुरु भएको कानून केन्द्रित सभामा छलफलका लागि १८ वटा विधेक टेबुल गरेको छ । ड्राफ्टका रुपमा आएका १८ वटा विधेयकबारे सामान्य सभासद्हरुलाई छलफलका लागिएको छ ।

विधायन समितिका संयोजक शोभामोहन पौडेलले महानगरपालिकाले विधेयकको रुपमा तयार गरेका १८ वटा कानूनी विधेयक सभामा पेश गरे । महानगरीय कृषि ऐन, कृषि बजार प्रबर्द्धन ऐन, सहकारी ऐन, कर्मचारी व्यवस्थापन ऐन, कृषि नीति, पशु नीति, स्वास्थ्य नीति, सार्वजनिक निजी साझेदारी नीति तथा ऐन, शिक्षा कार्यविधि, एफएम रेडियो सञ्चालन कार्यविधि, योजना आयोग गठन कार्यविधि, विधायन समितिको कार्यविधि, फोहोरमैला व्यवस्थापन निदेशिका, भवन मापदण्ड निर्देशिका, विज्ञापन नीति तथा निर्देशिका, न्यायिक समिति विधेयक, बजार अनुगमन निर्दे्शिका र उपप्रमुखसँग महिला कार्यक्रमको निर्दे्शिका सोमबारको सभामा पेश भएका छन् ।


ऐन नियमका विषयविज्ञसँग छलफल गरेर अन्तिम दस्तावेज तयार गरिने मेयर मानबहादुर जिसीले जानकारी दिए । बैठकलाई सम्बोधन गर्दै मेयर जिसीले कानून अभावले महानगरले देखिने गरी काम गर्न नसकेको भन्दै तुरुन्तै आवश्यक कानून निर्माण गरिसक्ने बताए । उनले यसको अध्ययन र सुझावका लागि सरोकारवालासँग आग्रह पनि गरेका छन् । ‘

कार्यक्रममा एमाले सचेतक, विधायन समितिका संयोजक तथा वडा १९ का अध्यक्ष शोभामोहन पौडेलले ऐन, कार्यविधि ड्राफ्टमात्रै भएकाले सुधारका लागि सुझाव आवश्यक रहेको बताए । वडा ९ का वडाध्यक्ष तथा काँग्रेसतर्फका वडाध्यक्षका सचेतक रामराज लामिछानेले समन्वयकारी भूमिकाबाट महानगरलाई सक्षम बनाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड