2026-09-03 05:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पाको दुर्गम ग्रामीण वस्तीमा मोटरबाटो पुगेपछि…

रामचन्द्र न्यौपाने/ फागुन २९, डोल्पा | डोल्पाको ग्रामीण वस्तीमा मोटरबाटो पुगेपछि स्थानीयवासीले हर्षका आँशु झारेका छन् । 

समूद्र सतहदेखि झण्डै तीन हजार ५०० मीटर उचाइमा रहेको गाउँ माझफालबाट सदरमुकाम दुनै पुग्न दुई दिनको कठीन पैदलयात्रा गर्नु पर्दाको विगतको दिनलाई सम्झँदा आफ्नो गाउँमा मोटर पुग्ला भन्ने सपनामा पनि नसोचेका ८० वर्षीय वृद्ध रुद्र बुढाले घरको थाप्लोमै जिप गुडेको देखेपछि उहाँका आँखा खुशीले रसाए । 

उहाँ मात्र होइन ७० वर्षीय कर्णराम रोकायलाई पनि गाउँमा गाडी पुग्ला भन्ने लागेको थिएन । गाडी उद्घाटन हँुदैछ भनेर गाडी हेर्न माथिल्लो थाप्ला आउनु भएका कर्णराम रोकायले गाडीसहित पुगेका प्रमुख गणेश शाहीलाई बधाई दिँदै भन्नुभयो, “भीरको बाटो खनीखनी गाडी ल्यायौ प्रमुखले, नपत्याए हेर गाउँले आफ्नै एैनाले ।” 

ठूलीभेरी नगरपालिका–५ मा पर्ने साविकको माझफाल गाविसको लाहारा गाउँनजिकै माथिल्लो लाग्ना भन्ने ठाउँसम्म आइतबारदेखि यातायातका साधन सञ्चालनमा ल्याइएको छ । त्रिपुरासुन्दरी यातायात, लेकबँेशी यातायात र डोल्पो सहकारी यातायातका यात्रुले खचाखच भरिएका तीनवटा महेन्द्रा जिप र दैनिक उपभोग्यवस्तु बोकेको ट्र्याक्टरसहित माझफालको माथिल्लो लाग्ना पुगेका ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले भव्य कार्यक्रमबीच रिबन काटेर बाटोको उद्घाटन गर्नुभएको थियो । 

पहिलोपटक गाउँमा यात्रुसहित पुगेका जिप र दैनिक उपभोग्य वस्तु बोकेको ट्र्याक्टरलाई स्थानीयवासीले फूलपाती अबिर टिकाले पूजाआजा गरेर भव्य स्वागत गरेका थिए । सदरमुकाम दुनैदेखि ४० किलोमिटर र विमानस्थल जुफालदेखि २५ किलोमिटर दुरीमा रहेको माथिल्लो लाग्नासम्मको मोटरबाटो ठूलीभेरी नगरपालिकाको रु एक करोडको लागतमा चार महिना लगाएर निर्माण गरिएको हो । 

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा निमार्णाधीन रहेका आन्तरिक सडकमा हेलिकप्टरबाट ल्याइएका महेन्द्रा जिप यातायातको रुपमा सञ्चालनमा छन् । 

माझफालको माथिल्लो लाग्नामा यातायातका साधन महेन्द्रा जिप सञ्चालनमा आएपछि मध्य डोल्पाको विकट क्षेत्रको रुपमा रहेको माझफाल, दुरगाउँ, थरगाउँ र काँडाजाली लगायतका बासिन्दा र स्कुले विद्यार्थीलाई सदरमुकाम दुनै र विमानस्थल जुफाल आउनजान सहज भएको छ । 

नगरको पहिलो प्राथमिकता नै सडक विकास भएकाले नगरका सबै वडालाई सडक सञ्जालसँग जोड्ने र अबको पाँच वर्षभित्रमा ठूलीभेरी नगरपालिकाका सबै वडाका जनता आन्तरिक सडक यातायातको पहुँचमा पुग्ने प्रमुख गणेशबहादुर शाहीले बताउनुभयो । 

उहाँकाअनुसार अबको तीन महिनाभित्रमा साविकको माझफाल गाबिसको काँडातालीसम्म यातायातका साधन गुड्नेछन् । मोटरबाटोसहित यातायातका साधन जिप पुगेको अवसरमा माझफालका लाहारवासीले दिनभर र रातभर नाचगान गरी खुशीयाली मनाए । 

बहुमूल्य जडीबुटी यार्सागुम्बाको पकेट क्षेत्रको रुपमा रहेको माझफाल गाविसको माथिल्लो थाप्लोमा मोटर पुगेपछि अब कठिन र अत्यासलाग्दो झण्डै तीन घन्टाको उकालो बाटो हिँडेर नगरको केन्द्र जुफाल हुँदै दुनै जानुपर्ने बाध्यताबाट सर्वसाधारणले छुटकारा पाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही