फागुन ३०, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले दिनानुदिन बिबादको घेरामा परेका प्रधानन्याधिस गोपाल पराजुलीलाई न्यायिक प्रक्रियाबाट अलग हुन सुझाव दिने तयारी गरेको खबर बाहिर आएको छ ।
यस अघिनै पराजुलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विदा बस्न वा राजिनामा दिएर न्यायपालिकालाई थप बद्नाम हुन नदिन आग्रह गरेका थिए । परिस्थिति अनुकुल आफ्नो निर्णय नलिए बदनाम हुने भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको एकै आशय पराजुलीले बुझेर आफ्नो निर्णय लिन सक्ला वा परिस्थितिसँग जुध्लान् त्यो भने हेर्न बाँकी छ ।
प्रधानन्यायधिस पराजुलीले दोश्रो कार्यकालको सपथ लिने तयारी गरिरहेकी राष्ट्रपति भण्डारीमार्फत अनौपचारिक रुपमा कानुनी र राजनीतिक परामर्श लिएर बिकल्पबारे सुझाव पाएको स्रोतले जानकारी डिएको छ । राष्ट्रपतिमा निर्वाचन भएलगत्तै विवादित प्रधानन्यायाधीशबाट सपथग्रहण गर्ने सन्दर्भमा सञ्चार माध्यमहरुबाट विभिन्न टीकाटिप्पणी भएपछि राष्ट्रपतिले प्रधानन्यायाधिस पराजुलीसँग परामर्श लिएकि हुन् ।
राष्ट्रपतिले आफ्नो चाहना सकेसम्म पराजुली आफैंले परिस्थिति बुझेर निकास दिए राम्रो हुन्थ्यो भन्ने लागेको र निकास नदिएमा सपथग्रहणपछि राष्ट्रपतिले उनलाई शीतलनिवासभित्रै भेटेर न्यायिक प्रक्रियाबाट अलग हुन सुझाव दिने तयारी रहेको बताइएको छ ।
राष्ट्रपतिले सपथग्रहण लिएपछि प्रधानन्यायाधीश गोपाल पराजुलीलाई छुट्टै भेटेर न्यायिक प्रक्रियाबाट अलग हुन आग्रह गर्ने बताइएको छ ।
स्रोतका अनुसार चैत २ गते संसद बैठक बस्नुअघि निकास दिन राष्ट्रपतिले प्रधानन्यायाधीशलाई आग्रह गर्ने सम्भावना छ । ‘संसद बैठक बस्दैछ, न्यायपालिकाको सन्दर्भमा व्यवस्थापिकामा कुरा उठ्नुभन्दा अघि पराजुलीले न्यायिक प्रक्रियाबाट अलग हुनुपर्छ । त्यो भनेको राजिनामा वा विदा बस्ने दुईमात्र विधि बाँकी छ’ ती सहयोगीले भने ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पराजुलीलाई प्रधानमन्त्रीनिकट एमाले नेता सुवास नेम्वाङले प्रधानन्यायाधीशले दुईमध्ये एक विकल्प रोज्दा न्यायपालिकाको शाख जोगिने बताए ।