२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं ३ को नाम पशुपति कि नेपालमण्डल ?

२०७४, ३० फाल्गुन बुधबार ०७:४२

प्रकाश सिलवाल/फागुन ३०, काठमाडौँ | मुलुकको राजधानी काठमाडौँ जिल्लासमेत रहेको प्रदेश नं ३ को नामाकरणका सम्बन्धमा विभिन्न विकल्पबारे बहस शुरु भएको छ । 

प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेशसभामा औपचारिक प्रस्ताव पुगिनसके भएपनि सम्बन्धित दल र प्रदेश सदस्यबीच यी विषयमा अनौपचारिक छलफल शुरु भएको हो । प्रदेशसभामध्येकै पहिलो बैठक आयोजना गरेको प्रदेश नं ३ को प्रदेशसभामा काठमाडौँबाट निर्वाचित नेकपा (एमाले) का सांसद डा अजयक्रान्ति शाक्यले प्रदेशको नाम ‘नेपालमण्डल’ राख्न उपयुक्त हुने अवधारणा सार्वजनिक गरेपछि बहस तातेको देखिन्छ । 

यस प्रदेशको नामका लागि बाग्मती प्रदेश, नेवा–ताम्सालिङ प्रदेश, काष्ठमण्डप प्रदेश, पशुपति प्रदेश, देवपत्तन प्रदेश, मञ्जुश्रीपत्तन प्रदेश, नारायणी प्रदेशजस्ता नाम चर्चामा आए पनि ऐतिहासिकता, भूगोल, जाति, संस्कृति र साझा पहिचानका लागि नेपालमण्डल उपयुक्त हुने डा शाक्यको मत छ । आफूले विस्तृत अध्ययनका आधारमा सो अवधारणा ल्याएको बताउँदै उहाँले यसमा एमाले र अन्य दलका सदस्यले समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो । डा शाक्यले एकल जातीय नाम स्वीकार्य नहुने जनाउनुभयो । 

नेपालमण्डल’ शब्दको ऐतिहासिकता अध्ययन गर्दा इश्वीको करिब तेस्रो शताब्दीदेखि उल्लेख भएको पाइन्छ । इश्वीको तेस्रो शताब्दीतिरको मानिने आर्यमहामञ्जुश्री मूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक नं ५०२÷५०३ मा ‘नेपालमण्डल’ भन्ने शब्द उल्लेख छ । ‘नेपालमण्डल’ लिच्छवी राजामानदेव अघिदेखि नै उल्लेख भएको र पृथ्वीनारायण शाहले स्थापना गरेको बाइसे÷चौबिसे, सेन र नेपालमण्डल गरी तीन राज्य खडा गरेको सन्दर्भमा तत्कालीन जिल्लानै हालको १३ जिल्लाको नेपालमण्डल रहेको डा शाक्यको भनाइ छ । 

देशको नाम र शहरको नाम उस्तै खालको रहेको नेपाल मात्र नभई अन्य मुलुकमा पनि अभ्यासमा देखिन्छ । हालसम्म प्रदेश नं ६ कर्णाली प्रदेशको नामाकरण गरिसकेको छ भने अन्य प्रदेश सरकारले औपचारिक प्रस्ताव प्रदेशसभामा लगेका छैनन् । 

यसबारे प्रदेश नं ३ को प्रदेशसभामा बहुमतमा रहेका एमालेले भने पार्टीगत धारणा सार्वजनिक गरेको छैन । यस प्रदेशमा एमालेका ५८, नेकपा (माओवादी केन्द्र) २३, नेपाली काँग्रेस २१, विवेकशील साझा पार्टी तीन, नेपाल मजदूर पार्टी दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र स्वतन्त्र (नयाँ शक्ति नेपाल)एक÷एक सदस्य छन् । 

नेपाली काँग्रेसतर्फबाट प्रदेशसभा सदस्य रहनुभएका नरोत्तम वैद्यले नाम र राजधानीबारे आफूहरुबीच ठूलो मतभेद नभएको बताउनुभयो । उहाँले प्रदेशको नाम पशुपति राख्दा थप गरिमा बढ्ने आफ्नो धारणा रहेको बताउनुभयो । 

माओवादी केन्द्रबाट निर्वाचित भई हाल प्रदेशका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकटेलले आफ्नो पार्टीले पहिला नेवा–ताम्सालिङ नाम प्रस्ताव गरेको र अहिलेको सन्दर्भमा छलफल गरेर निर्णयमा पुगिने बताउनुभयो । उहाँले नेपालमण्डलमा आफ्नो आपत्ति नरहेको पनि स्पष्ट पार्नुभयो । 

कूल २० हजार ३०० वर्गकिलोमिटर क्षेत्रफल (नेपालको कूल भूभागको १४ प्रतिशत) ओगटेको यस प्रदेशमा ५५ लाख २९ हजार ४५२ जनसंख्या र ३० लाख ७४ हजार ४१२ मतदाता छन् । यो प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौँ गरी १३ जिल्ला छन् । यहाँका बोलिने मुख्य भाषा नेपाली, नेपाल भाषा, तामाङ, मगर, गुरुङ र थारु हो । 

उत्तरी छिमेकी चीनको केरुङ नाकासँग यस प्रदेशको भूगोल जोडिएको छ । राष्ट्रिय योजना आयोगको ‘मल्टिडायमेन्सनल पोभर्टी’ इन्डेक्स २०१८ अनुसार यस प्रदेशमा गरिबीदर २० दशमलव ६ प्रतिशत छ । अन्य प्रदेशको तुलनामा यो धेरै अत्याशलाग्दो नभए पनि सबैभन्दा कम गरिबी दर प्रदेश नं १ मा १६ दशमलव ७ प्रतिशत र सबैभन्दा बढी प्रदेश नं ७ मा ४५ दशमलव ७ प्रतिशत रहेको तथ्याँक छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा