Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १, भीमदत्तनगर | भारतको नयाँ दिल्लीदेखि काठमाडाँैतर्फ गइरहेको बसको ठक्करबाट बुधबार राति कञ्चनपुरको भीमदत्तनगरमा पैदल यात्रुको मृत्यु भएको छ ।

नयाँ दिल्लीबाट पश्चिमी नाका गड्डाचौकी हुँदै काठमाडाँै गइरहेको मञ्जुश्री यातायातको बा४ख २३८९ नं को बसले पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–बनखेत सडक खण्डमा ठक्कर दिँदा पैदल यात्रु दार्चुलाको महाकाली नगरपालिका–३ का ५५ वर्षीय वीरसिंह महराको मृत्यु भएको हो ।

मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस