2026-09-03 11:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार: ठगीका १० हजार उजुरी गृह मन्त्रालयले अनुसन्धान गर्दै

मनोज पराजुली | चैत्र १, काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगीका १० हजार १ सय ५२ उजुरी गृह मन्त्रालयमा बुझाएको छ । विभागले गृह मन्त्रालयमा बुझाएको यो बिबरण म्यानपावर कम्पनी विरुद्धका विभागमा दर्ता भएका हालसम्मको उजुरी हो ।

विभागमा २०६० सालदेखि  म्यानपावर कम्पनी विरुद्ध परेका उजुरी लगायतका बिवरण गृहमन्त्रालयलाई उपलब्ध गराइएको विभागका निर्देशक मोहन अधिकारीले जानकारी दिए । हरेक म्यानपावर कम्पनी विरुद्ध परेका उजुरीहरु छुट्टाछट्टै रुपमा बुझाएका छौँ उनले भने “विभागमा हालसम्म म्यानपावर विरुद्ध परेका उजुरी, सो अनुरुप भएका छानवीन र हालको अवस्थाबारे सम्र्पूण बिवरण गृहमन्त्रीको निर्देशन बमोजिम गृह मन्त्रालयलाई उपलब्ध गराएका हौँ।” 

विभागको रेकर्डमा हालसम्म १० हजार १ सय ५२ उजुरी परेका छन् जसमध्ये २ हजार ५ सय ११ वटा उजुरी कामदार र व्यवसायी बीच मिलापत्र गरिएको निर्देशक अधिकारीले जानकारी दिए । विभागले ३ हजार ८ सय ९२ उजुरीको छानवीन गरी पीडितलाई क्षतिपुर्ति उपलब्ध गराएको साथै ५ सय ४२ वटा उजुरी तामेली गरेको र हाल ३ हजार १ सय उजुरीहरु पच्यौट हुन बाँकी रहेको बिवरण गृह मन्त्रालयमा पठाइएको निर्देशक अधिकारीले बताए । 

गत सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ठगीका उजुरी लगायतका बिवरण उपलब्ध गराउन श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यलाई निर्देशन दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ