२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बैतडीमा स्थानीय तहको प्राथमिकतामा पर्दै भलिबल

२०७४, २ चैत्र शुक्रबार ०८:०६

चैत २, बैतडी | क्रिकेटको उर्वरभूमि भनेर चिनिने बैतडीमा पछिल्लो समय नेपालको राष्ट्रिय खेल भलिबलको गतिविधि पनि बढ्दै गएको छ । 

ग्रामीण क्षेत्रमा राष्ट्रिय खेल भलिबलको लोकप्रियता बढ्दै गएको छ । देश संघीय संरचनामा गएसँगै जिल्लाका स्थानीय तहले भलिबल खेललाई प्राथमिकतामा राखेका छन् । 

स्थानीय तहले बजेट विनियोजन गरेर भलिबल प्रतियोगिताको आयोजना गरेपछि यसको लोकप्रियता बढ्न थालेको हो । “भलिबल पहिलेदेखि नै सबैले रुचाएको खेल हो, अहिले स्थानीय तहले प्रतियोगिता आयोजना गर्न थालेपछि यसप्रतिको आकर्षण झन बढेको छ,” भलिबल प्रशिक्षक हरिसिंह भण्डारीले भन्नुभयो । 

स्थानीय तहहरुले आयोजना गरेका प्रतियोगितामा ग्रामीण क्षेत्रका खेलाडीले क्षमता देखाउने अवसर पाएको प्रशिक्षक भण्डारी बताउनुहुन्छ । “सरकारी तवरबाटै लगानी भएपछि ग्रामीण क्षेत्रमा भलिबल प्रतियोगिता निरनतर हुँदै आएका छन्,” उहाँले भन्नुभयो । 

जिल्ला खेलकुद विकास समितिका सदस्य वसन्त विष्ट स्थानीय तहहरुले आयोजना गरेका भलिबल प्रतियोगितामा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाएको बताउनुहुन्छ । जिल्लाको डिलासैनी गाउँपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकाले चालु आर्थिक वर्षमा भलिबल प्रतियोगिता सम्पन्न गरिसकेका छन् । दोगडाकेदार गाउँपालिकाले चाँडै भलिबल प्रतियोगिताको आयोजना गर्दैछ । 

भलिबल सबै ठाउँमा सहजै खेल्न सकिने खेल भएकाले यसप्रति आकर्षण बढ्दै गएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो । भलिबल पहाडी क्षेत्रमा निकै लोकप्रिय मानिन्छ । जिल्लाका पाँचवटा स्थानीय तहले भलिबल प्रतियोगिता सम्पन्न गरिसकेका छन् । केही दिन अघि जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत सम्पन्न भइसकेको छ । 

“स्थानीय तहले प्राथमिकता दिएसँगै खेलाडीलाई भलिबल खेल्न हौसाएको छ,” जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले भन्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू