८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बैतडीमा स्थानीय तहको प्राथमिकतामा पर्दै भलिबल

२ चैत्र २०७४, शुक्रबार ०८:०६

चैत २, बैतडी | क्रिकेटको उर्वरभूमि भनेर चिनिने बैतडीमा पछिल्लो समय नेपालको राष्ट्रिय खेल भलिबलको गतिविधि पनि बढ्दै गएको छ । 

ग्रामीण क्षेत्रमा राष्ट्रिय खेल भलिबलको लोकप्रियता बढ्दै गएको छ । देश संघीय संरचनामा गएसँगै जिल्लाका स्थानीय तहले भलिबल खेललाई प्राथमिकतामा राखेका छन् । 

स्थानीय तहले बजेट विनियोजन गरेर भलिबल प्रतियोगिताको आयोजना गरेपछि यसको लोकप्रियता बढ्न थालेको हो । “भलिबल पहिलेदेखि नै सबैले रुचाएको खेल हो, अहिले स्थानीय तहले प्रतियोगिता आयोजना गर्न थालेपछि यसप्रतिको आकर्षण झन बढेको छ,” भलिबल प्रशिक्षक हरिसिंह भण्डारीले भन्नुभयो । 

स्थानीय तहहरुले आयोजना गरेका प्रतियोगितामा ग्रामीण क्षेत्रका खेलाडीले क्षमता देखाउने अवसर पाएको प्रशिक्षक भण्डारी बताउनुहुन्छ । “सरकारी तवरबाटै लगानी भएपछि ग्रामीण क्षेत्रमा भलिबल प्रतियोगिता निरनतर हुँदै आएका छन्,” उहाँले भन्नुभयो । 

जिल्ला खेलकुद विकास समितिका सदस्य वसन्त विष्ट स्थानीय तहहरुले आयोजना गरेका भलिबल प्रतियोगितामा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाएको बताउनुहुन्छ । जिल्लाको डिलासैनी गाउँपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकाले चालु आर्थिक वर्षमा भलिबल प्रतियोगिता सम्पन्न गरिसकेका छन् । दोगडाकेदार गाउँपालिकाले चाँडै भलिबल प्रतियोगिताको आयोजना गर्दैछ । 

भलिबल सबै ठाउँमा सहजै खेल्न सकिने खेल भएकाले यसप्रति आकर्षण बढ्दै गएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो । भलिबल पहाडी क्षेत्रमा निकै लोकप्रिय मानिन्छ । जिल्लाका पाँचवटा स्थानीय तहले भलिबल प्रतियोगिता सम्पन्न गरिसकेका छन् । केही दिन अघि जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत सम्पन्न भइसकेको छ । 

“स्थानीय तहले प्राथमिकता दिएसँगै खेलाडीलाई भलिबल खेल्न हौसाएको छ,” जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले भन्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता