२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमका तामा र फलाम खानी लोप हुँदै

२०७४, ४ चैत्र आईतवार ०८:५०

चैत ४, रुकुम | रुकुम पूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङका रामबहादुर बुढाले १८ वर्ष पहिलेसम्म गाउँमै तामाको धातु निकाल्दा दैनिक रु तीन हजारसम्म आम्दानी गर्नुहुन्थ्यो ।

उहाँजस्तै सोही गाउँका धनवीर बुढाले पनि आफ्नै गाउँमा रहेको तामा खानीबाट दैनिक रु दुई हजारदेखि तीन हजारसम्म आम्दानी गर्नुहुन्थ्यो । 

अठार वर्षदेखि उहाँहरु दुई जना मात्र होइन यो गाउँका कसैले पनि तामा खानी उत्खननमा बेवास्था गर्दा यहाँ रहेका तामा र फलाम खानी उपयोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । भूमे गाउँपालिका–५ सेराबाङ र वडा नं ३ को झुम्लाबाङमा रहेका तामा र फलाम खानी पुरिँदै गएको स्थानीयवासीको भनाइ छ । 

विसं २०५५ सम्म पहाडभित्र सुरुङ खनेर त्यहाँ रहेको धातु निकाल्ने गरे पनि राज्यले संरक्षण र व्यवस्थापन नगर्दा अहिले तामा र फलाम खानी पुरिँदै गएको स्थानीयवासी रामबहादुर बुढाको भनाइ छ । अहिले पनि आफूहरुले कहिलेकाहीँ थोरै मात्रामा धातु निकाल्ने गरे पनि तामा र फलाम प्रशस्त रहेको उहाँको दाबी छ । 

जंगलको बीचमा पहाडभित्र रहेका खानीमा धातु निकाल्नका लागि प्रयोग गरिएका बंकर अहिले पुरिन थालेका छन् । आफँैले निकाल्दै गरेको तामा र फलाम लोप हुन थालेपछि यहाँका स्थानीयवासी चिन्तित बनेका छन् । खानी खोस्रेर जीविकोपार्जन गर्दै आएका यस क्षेत्रका मगर समुदाय पनि विस्तारै बसाइँसराइ गर्न थालेका छन् । 

खानी उत्खनन गर्ने उपकरणको अभाव र सरकारलाई आम्दानीभन्दा बढी कर तिर्नुपर्ने भएकाले १८ वर्षदेखि यहाँका खानी बन्द जस्तै अवस्थामा छन् । सरकारले खानीको उत्खननका लागि सहयोग गरेमा देश र यहाँका नागरिकको आर्थिक विकास हुने भूमे गाउँपालिका–५ सेराबाङका जितबहादुर बुढाको भनाइ छ । 

स्थानीयवासीको लगानीमा धातु उत्खनन गर्दा आयातीतसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले सरकारले अनुदान दिएर खानी सञ्चालन गरिए जिल्लाको अर्थतन्त्रमा सहयोग पुग्ने भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताउनुभयो । स्रोत र साधनमा आफ्नो गाउँपालिका धनी भए पनि उत्खननमा आफूहरुलाई वञ्चित गरेका कारण केही गर्न नसकिएको उहाँको भनाइ छ । लोप हुन थालेको तामा र फलाम खानी उत्खनन भए प्रतिभा पलायन हुने थिएन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु