२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका ५० प्रतिशत महिला घरमै बच्चा जन्माउँछन्

५ चैत्र २०७४, सोमबार ०५:३९

चैत ५, रोल्पा | मातृ तथा बाल मृत्युदरमा कमी ल्याउने भन्दै सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि रोल्पामा अझै पनि ५० प्रतिशतभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । 

गर्भवतीले चार पटक गर्भ जाँच गराउनुपर्नेमा ९० प्रतिशत महिलाले पहिलो जाँच र ४४ प्रतिशत महिलाले मात्र अन्तिम जाँच गराउने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । चार पटकसम्म नियमित गर्भ जाँच नगराउने आमा तथा शिशुमा स्वास्थ्यमा नकारात्मक प्रभाव देखिँदै आएको बताइएको छ । नियमित गर्भ जाँच नगराएकै कारण गत वर्ष जिल्लामा ३५ मृत शिशु जन्मिएको र २८ शिशु जन्मेको एक महिना भित्रै मरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत डा तेजेन्द्र साउदले जानकारी दिनुभयो । 

गर्भवती पटक पटक स्वास्थ्य संस्थामा जान लाज मान्ने तथा स्वास्थ्य संस्थामा गएर प्रसूति गराउँदा सुरक्षित भइन्छ भन्ने चेतनाको अभावका कारण ठूलो संख्याका गर्भवतीले घरमै बच्चा जन्माउने गरेको डा साउदले बताउनुभयो । “सानै उमेरमा विवाह गर्ने तथा छिट्टै गर्भवती हँुदा स्वास्थ्य संस्थामा मुख देखाउन लाज मान्छन्”, साउदले भन्नुभयो । जिल्लामा जटिल प्रसूति सेवा पनि सञ्चालनमा रहेको छ । गत वर्ष यो सेवा लिने महिलाको संख्या २५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । 

भौगोलिक विकटता, गरिबी, चेतनाको अभाव र पारिवारिक बोझका कारण सबै गर्भवती प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसकेको बताइएको छ । सरकारले रोल्पा जिल्लाका साबिकका सबै गाविसमा रहेका स्वास्थ्य संस्थामा प्रसूति गृह सञ्चालनमा ल्याएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य