२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

लुगा सिलाएरै जीवन गुजार्दै दार्चुलाका ग्रामीण महिला

५ चैत्र २०७४, सोमबार ०८:३२

चैत ५, दार्चुला | वर्षौंदेखि चुलोचौको र घाँस दाउरामा सीमित दार्चुला जिल्लाको ग्रामीण भेगका महिला लुगा सिउने सीप सिकेर घर बसीबसी मनग्य आम्दानी गरिरहेका छन् । वर्षौंदेखि घाँस दाउरा गर्दै जीवन जीउँदै आएका यहाँका महिला अहिले सिलाइ कटाइसम्बन्धी सीप आर्जन गरेर आत्मनिर्भर बनिरहेका हुन् । 

कोट, पाइन्ट स्काप र स्विटर सिलाउने तथा बुन्ने प्रशिक्षण लिएर ग्रामीण भेगका महिला अहिले मासिक हजारौँ बचत गर्न सफल भएका छन् । सिलाइ सिकेर टेलर व्यवसाय सञ्चालन गरेपछि घरखर्च चलाउँदै आएका उनीहरुले मासिक बचत पनि गरिरहेका हुन् । जिल्लाको नौगाड गाउँपालिका–३ की २१ वर्षीया पशुपति ठगुन्नाले घरको दैनिक कामसंगै आफ्नो व्यवसायलाई पनि निरन्तरता दिंदै आउनुभएको छ । 

कक्षा ९ सम्म पढ्नुभएकी उहाँले नौगाड गाउँपालिकाको खारमा रहेको श्री भूमिराज अल्लो प्रशोधन तथा साझा सुविधा केन्द्रमा अल्लोका कोट, पाइन्ट, विभिन्न किसिमका आकर्षक स्काप सिउने व्यवसायबाट मासिक रु १० देखि १५ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समितिबाट गाउँमै सिलाइ कटाइको तालीम लिएपछि ठगुन्नाको दिन फेरिएको छ । 

बिहान बेलुका घरको कामकाज गर्ने र बाँकी समय लुगा सिलाउन उहाँ व्यस्त हुनुहुन्छ । सीप सिकेर व्यवसाय सञ्चालन गरेपछि ठगुन्नालाई अरुको सहारामा बाँच्नु पर्ने बाध्यता हटेको र अब केही गर्नुपर्छ भनेर मनोबल बढाउनुभएका उहाँ भन्नुहुन्छ, “मलाई स्वरोजगारप्रति गर्व महसुस हुन्छ । 

यस्तै श्रीमान्को कमाइले घर चलाउन धौधौ पर्न थालेपछि नौगाड गाउँपालिकाकै सिप्टी–६ की ४० वर्षीया कलावती ठगुन्नाले पनि अल्लो प्रशोधन गरी राडीपाखी, स्काप, बुन्न थालेपछि उहाँको दैनिकीमा परिवर्तन आएको छ । 

ठगुन्ना भन्नुहुन्छ्, “सीप सिकेर भएको आम्दानीले घरखर्च र चार छोरा छोरीलाई राम्रैसंग शिक्षा दिइरहेकी छु यसबाट आनन्द महसुस हुनाका साथै वार्षिक घरको खर्च सबै कटाएर रु १० हजार बंैकमा जम्मा गर्ने गरेकी छु ।” स्थानीय अल्लोबाट उत्पादन गरिएका कोट, पाइन्ट, स्काप, राडीपाखीको बजार खासै नभएको उहाँको गुनासो छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो