२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायीहरुकै अगाडी मन्त्री विष्टको यस्तो चेतावनी (फोटो/भिडियो सहित)

२०७४, ६ चैत्र मंगलवार १८:२०

चैत ७, काठमाडौँ | श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले बैदेशिक रोजगारीमा हुने बेथिति रोक्न कडा कदम चाल्ने उद्घोष गरेका छन् | उनले बैदेशिक रोजगारीमा भएको बेथिति नियन्त्रणको लागि नाताको नाममा, चिनेको साथीको नाममा वा कोहि पार्टीको नाममा कहि-कतै क्षेमा नहुने बताएका हुन् | 


मंगलबार बेलुका नेपाल बैदेशिक रोजगार व्यवसायी संघले काठमाडौँको नयाँ बानेस्वर स्थित अल्फाविटा हाउसमा आयोजना गरेको बधाई तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बिष्टले सरकार आफैले रोजगारीको वातावरण बनाउन आगामी पाँच बर्षमा सक्दो काम गर्ने बताए | उनले आर्थिक संरचना निर्माण गर्न सरकार गम्भीर भएको भन्दै चरणबद्ध बिभिन्न बिज्ञहरुसँग छलफल तथा समन्वय गर्ने र नीति तथा योजनाका साथ अघि बढ्ने बताए | 

मन्त्री विष्टले नेपालको श्रम बजारले नेपालीलाई नेपालमै रोजगारी दिन नसक्दासम्म बैदेशिक रोजगारी कायम रहने भन्दै यसलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे | उनले भने – 'बैदेशिक रोजगारीमा समस्याहरु छन्, जटिलताहरु छन्, यसलाई सच्याएर अगाडी बढ्नुपर्नेछ | बैदेशिक रोजगारीलाई सरल, शुलभ, पारदर्शी, भरपर्दो, जवाफदेही र गुणस्तरीय बनाउन सरकारले खुट्टा कमाउने छैन |'  



नेपाल बैदेशिक रोजगार व्यवसायी संघकै आयोजनामा सय भन्दा बढी म्यानपावर व्यवसायीको उपस्थितिमा भएको उक्त कार्यक्रममा बोल्दै मन्त्री बिष्टले म्यानपावर व्यावसायीहरुलाई सरकारले लिएका नीतिहरुलाई टेकेर व्यवसायीहरुले आफ्नो व्यवसायलाई थप मर्यादित पारदर्शी, भरपर्दो र जवाफदेही बनाउन आग्रझ समेत गरे | 

बैदेशिक रोजगारीको क्रममा हुने बिभिन्न सिन्डिकेटले म्यानपावर व्यवसायीहरु मारमा परेको भन्ने नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको भनाईलाई इंगित गर्दै मन्त्री बिष्टले कुनै पनि बहानामा खडा गरिएको सिन्डिकेटलाई हटाउने बताए | मन्त्री बिष्टले यसो भन्दै गर्दा व्यवसायीहरुले जोडदार ताली बजाएका थिए | 


मन्त्री बिष्टले रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो भूमिका खेलेको भन्दै त्यसमा बैदेशिक रोजगार व्यावसायीको ठूलो हात रहेको तर पनि पनि यो व्यवसाय किन अनेक प्रकारको प्रश्न उठेका छन् भन्दै प्रतिप्रश्न गरे | उनले भने 'राज्यको कारणले केहि कमिहरु भएका कारणले छन् भने ठिक छ छलफल गरौँ तर कानुन लागु हुने सन्दर्भमा व्यवसायीहरुबाट कहिकतै कानुनलाई अवज्ञा गर्ने, झंजट थप्ने र बैदेशिक रोजगारीको बिषयलाई एउटा बदनामीको बिषय बनाउने काम गरेमा सरकार कुनै पनि कडा कदम लिन पछी पर्ने छैन |' उनले चेतावनीका साथ भने – 'मैले घोषणा गरिसकेको छु, कहिँ नजिकको नाताको नाममा, चिनेको साथीको नाममा, कोहि पार्टीको नाममा कहिकतै क्षेमा हुने छैन |' 

मन्त्री विष्टको अभिव्यक्तिलाई तलको भिडियोमा हेर्न तथा सुन्न सक्नुहुनेछ | 


नेपाल बैदेशिक रोजगार व्यावसायी संघका महासचिव नरेश गेलानले संचालन गरेको कार्यक्रममा प्रमुख अथितिको रुपमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट सहित एमाले नेता तथा कर्णाली प्रदेशका मन्त्री प्रकाश ज्वाला, पुर्व श्रममन्त्री तथा माओवादी नेता लेखराज भट्ट लगायत बैदेशिक रोजगार व्यावसायी संघका पदाधिकारी लगायत बिभिन्न म्यानपावर व्यवसायीहरुको उपस्थिति रहेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की