२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिरहाको मिर्चैया ९ मा विवादले खानेपानी ट्यांकी निमार्णको काम अन्यौलमा

७ चैत्र २०७४, बुधबार ०२:४७

चैत ७, मिर्चैया | उपभोक्ता समिति गठन विवादका कारण सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ रमपुरामा निर्माण हुन लागिएको खानेपानी ट्यांकी निमार्णको काम अन्यौलमा परेको छ । मिर्चैया नगरपालिकाको खानेपानी परियोजना अन्तर्गत मिर्चैया ९ रमपुरामा सुरु भएको खानेपानी ट्यांकी निर्माण कार्यको उपभोक्ता समिति गठन प्रक्रियामा विवाद चुलिएको हो ।

इन्ट्रल टेन्च परीक्षणका लागि पुरातात्विक विभागले केहि दिन उत्खननको काम गरेपनि अहिले विवादका कारण सबै काम ठप्प परेको छ । मिर्चैया नगरपालिकाको कार्यालयले खानेपानी ट्याङ्की निर्माणका लागि उपभोक्ता समिति गठन गर्न वडा नम्बर ९ लाई दिइएको आदेश अनुरुप समिति गठन भएपनि अर्को पक्षले पुनः समिति गठन गर्दा अघिको समितिहरु असन्तुष्ट भएर विवाद बढेको हो । 

मिर्चैया नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष मोहन प्रसाद पोखरेलले नपाको आदेशानुसार समिति गठन गरिएको बताउदै मेयरले पुनः अर्को समिति गठन गर्न लगाउनु कुनै अर्थ नरहेको दाबी गर्नुभयो । यता, मिर्चैया नगरपालिकाका प्रमुख श्रबन कुमार यादवसँग यस सन्दर्भमा कुरा गर्दा उनले वडा अध्यक्षसँग नै कुरा गर्दा हुने बताए । जनप्रतिनिधिहरुको काम-कारबाहीप्रति नगरवासी असन्तुष्ट हुनु स्वभाविक कुरा हो । तर, मिर्चैया नगरपालिका भित्र आफ्नै मातहतका वडा अध्यक्ष असन्तुष्ट भएको केहि सन्दर्भहरु देखिन थालेका छन् ।

- बिनय यादवको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य