Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२० मंसिर २०८२, शुक्रबार
बर्दिया - BRD

शशक्त बन्दै महिलाहरु

९ चैत्र २०७४, शुक्रबार १४:५७

सास । चैत्र ९, बर्दिया ।

जिल्लाको राजापुर नगरपालिकामा
आजदेखि नगर स्तरीय महिलाहरुका लागि ५ दिने आधारभूत उद्घोषण तालिम शुरु गरिएको छ ।


राजापुर नगरपालिकाको आर्थिक सहयोग र
रेडियो साथी एफ एमको आयोजनामा सञ्चालन गरिएको तालिममा १० वटै वडाका २० जना
महिलाहरुलाई तालिम दिईएको हो । तालिमको उद्घाटन सत्रलाई सम्वोधन गर्दै राजापुर
नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले विभिन्न ठाउँ
, सार्वजानिक
सरोकारका विषयहरुमा आवाज उठाउन सक्ने
, विकासे योजनामा स्थानिय आवश्यकताका
वारेमा वोल्न सक्ने र आत्म विश्वासी वनाउने उद्देश्यले तालिमको आयोजना गरिएको
बताउनुभयो । वहाँले सहभागीहरुलाई ५ दिनसम्म ध्यान पूर्वक ज्ञान हासिल गरी
नगरपालिकाका हरेक कार्यक्रममा सहभागि भएर रचनात्मक सहयोगको अपेक्षा राखेको वताउनु
भएको थियो ।

आज तालिमको पहिलो दिन रेडियो
गुर्वावा एफ एम बाँसगढी वर्दियाकी स्टेशन म्यानेजर तथा सिआईएनका संवाददाता पुष्पा
चौधरीले सहजीकरण गर्नु भएको तालिममा टेक्निकल कलेज राजापुरका गिता अर्यालले सहभागिहरुले
आत्म विश्वास बढाएर ज्ञानको घैटो भरिने गरि सिक्नु पर्ने वताउनु भएको थियो ।

राजापुर कम्युनिकेशन प्रा लि का
अध्यक्ष विश्वमान प्रधानको सभापतित्वमा सञ्चालन भएको तालिममा नगर प्रमुख
, पत्रकारहरुको
उपस्थिति रहेको कार्यक्रममा
स्वागत मन्तव्य रेडियो साथी एफएमका
स्टेशन म्यानेजर तथा पत्रकार मिन अधिकारीले राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण
टेक्निकल कलेजका व्यवस्थापक राज कुमार थारुले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान