Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नगरस्तरिय यूवा सञ्जाल साफेबगरको मदिरा नियन्त्रण र सरसफाई अभियान

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कमल रावल | चैत १०, अछाम | नगरस्तरिय यूवा सञ्जालको आयोजना र साँफेबगर नगरपालिका ६ भागेश्वर, ७ रिडिकोट र ८ चण्डीकाको समन्वयमा मदिरा नियन्त्रण र सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला यूवा सञ्जालका सदस्य तथा यूवा संजाल बयलपाटा बजार सरसफाई संयोजक बैजन्ती कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी बयलपाटा बजार व्यावस्थापन समिती अध्यक्ष चेतमान कडायत रहनु भएको थियो । कार्यक्रमका अन्य अतिथीहरुमा नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष जानकी बोहरा, समाजसेवी नर बहादुर रावल, अन्तरपाटी महिला संजालका नगर अध्यक्ष दुधकला विष्ट, दलित संजालका नगर अध्यक्ष सुरत भुल, नगर स्तरिय यूवा सञ्जालका अध्यक्ष भुपेन्द्र भण्डारी लगाएत समाजसेवी बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । इलाका प्रहरी कार्यालय बयलपाटाबाट सुरु भएको सरसफाई र्याली महेन्द्र मावि सम्म पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्ने अधिकांश बक्ताहरुले मदिरा नियन्त्रणमा सबैले मिलेर अगाडी बढ्नु पर्ने बताएका थिए ।

कार्यक्रमका बक्ताहरुले आफ्नो गाउँटोलको सरसफाईमा सबैले ध्यान दिन जरुरी रहेको बताएका थिए । कोणसभा कार्यक्रममा बोल्दै नगर स्तरिय यूवा सञ्जालका अध्यक्ष भुपेन्द्र भण्डारीले यूवाहरुले समाज परिवर्तनका लागि लाग्नु पर्ने बताउनु भएको थियो । साथै कार्यक्रममा यूवा सञ्जालले बयलपाटा बजार व्यवस्थापन समितीलाई बजार सरसफाई गर्न भनेर २ ओटा झाडु हस्तान्तरण गरेको थियो । कार्यक्रमको सञ्चालन नगरस्तरिय यूवा सञ्जालका प्रचार संयोजक पूजा रावलले गर्नुभएको थियो ।