2026-09-24 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फागुनमा आधा लाख नेपाली विदेसिए

चैत्र ११,काठमाडौं। फागुन महिनामा रोजगारीको लागि ५३ हजार २ सय १९ जना नेपाली कामदार विदेसिएका छन् ।  संस्थागत तथा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर नेपालीहरु कामको लागि विदेशिएका हुन् । 

वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा संस्थागत श्रम स्वीकृति मार्फत २६ हजार ४ सय १ जना विदेसिएका हुन्ज जसमध्ये २४ हजार ९ सय १३ पुरुष र १४ सय ८८ महिला रहेका छन् । २३ हजार पुरुष र ८ सय ९१ महिला गरि २३ हजार ९ सय २० जना विदामा घर आएर श्रम स्वीकृति नविकरण गरेर विदेसिएका छन् । त्यस्तै गरि नयाँ व्यक्तिगत श्रम स्वीकृति मार्फत ७ सय ४ जना, वैधानीकरण गरेर १ हजार ९ सय ३३ जना र २ सय ६१ जना इपिएस मार्फत दक्षिण कोरिया गएका छन् ।

वैदेशिक रोजगारीमा संस्थागत रुपमा जानेको संख्या माघ महिनाको तुलनामा फागुनमा २ हजार भन्दा बढीले घटेको छ । माघ महिनामा २८ हजार ४ सय १५ जना संस्थागत रुपमा वैदेशिक रोजगारीमा गएका थिए । 

फागुन महिनामा मलेसिया पहिलो गन्तव्य 

फागुन महिनामा सबैभन्दा धेरै कामदार मलेसिया गएका छन् । गत महिना ९ हजार ३ सय २ जना मलेसिया गएका छन् भने ९ हजार १ सय ५२ कतार गएका छन् । युएई जानेको संख्या २ हजार ९ सय २३ रहेको छ । फागुनमा कुवेतमा १ हजार १ सय ४२ जना गएका छन् । फागुन महिनामा बहराईनमा ४ सय ४१ जना, साइप्रसमा १ सय २४ जना, टर्कीमा ५१ जना कामदार गएका छन् । पोल्याण्डमा फागुन महिनामा १ सय ८३ जना गएका छन् । त्यस्तै ओमनमा १९ जना, मकाउ ७२ जना र हङकङमा ७ जना गएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट