चैत्र ११,काठमाडौं। फागुन महिनामा रोजगारीको लागि ५३ हजार २ सय १९ जना नेपाली कामदार विदेसिएका छन् । संस्थागत तथा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर नेपालीहरु कामको लागि विदेशिएका हुन् ।
वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा संस्थागत श्रम स्वीकृति मार्फत २६ हजार ४ सय १ जना विदेसिएका हुन्ज जसमध्ये २४ हजार ९ सय १३ पुरुष र १४ सय ८८ महिला रहेका छन् । २३ हजार पुरुष र ८ सय ९१ महिला गरि २३ हजार ९ सय २० जना विदामा घर आएर श्रम स्वीकृति नविकरण गरेर विदेसिएका छन् । त्यस्तै गरि नयाँ व्यक्तिगत श्रम स्वीकृति मार्फत ७ सय ४ जना, वैधानीकरण गरेर १ हजार ९ सय ३३ जना र २ सय ६१ जना इपिएस मार्फत दक्षिण कोरिया गएका छन् ।
वैदेशिक रोजगारीमा संस्थागत रुपमा जानेको संख्या माघ महिनाको तुलनामा फागुनमा २ हजार भन्दा बढीले घटेको छ । माघ महिनामा २८ हजार ४ सय १५ जना संस्थागत रुपमा वैदेशिक रोजगारीमा गएका थिए ।
फागुन महिनामा मलेसिया पहिलो गन्तव्य
फागुन महिनामा सबैभन्दा धेरै कामदार मलेसिया गएका छन् । गत महिना ९ हजार ३ सय २ जना मलेसिया गएका छन् भने ९ हजार १ सय ५२ कतार गएका छन् । युएई जानेको संख्या २ हजार ९ सय २३ रहेको छ । फागुनमा कुवेतमा १ हजार १ सय ४२ जना गएका छन् । फागुन महिनामा बहराईनमा ४ सय ४१ जना, साइप्रसमा १ सय २४ जना, टर्कीमा ५१ जना कामदार गएका छन् । पोल्याण्डमा फागुन महिनामा १ सय ८३ जना गएका छन् । त्यस्तै ओमनमा १९ जना, मकाउ ७२ जना र हङकङमा ७ जना गएका छन् ।