करिब डेढ वर्षअघिदेखि निर्माण कार्य थालिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

करिब डेढ वर्षअघिदेखि निर्माण कार्य थालिए"/>

2026-08-26 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त

चैत १२, खोटाङ | तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग खानीडाँडा–रेग्मीटार सडक निर्माणको काम सुस्त गतिमा छ । 

करिब डेढ वर्षअघिदेखि निर्माण कार्य थालिएको उक्त सडकको रेग्मीटार र खानीडाँडाबाट एकैसाथ काम थालिए पनि अहिले दुवै क्षेत्रमा काम हुन सकेको छैन । 

साढे २२ किलोमिटर लामो उक्त सडकको रेग्मीटारबाट करिब एक हजार १०० मिटर र खानीडाँडाबाट साढे १२ किलोमिटर मात्र मार्ग खोलिएको छ । रेग्मीटारबाट करिब साढे दुई किलोमिटर मार्ग खोल्ने जिम्मा रोका निर्माण सेवाले लिएको हो । 

यसवर्ष उक्त निर्माण सेवाले रु एक करोड १० लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि अहिलेसम्म कुनै काम भएको छैन । क्रमागत योजनाअन्तर्गत गतवर्ष उक्त कम्पनीले रु ७५ लाखको काम गरेको जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख दीपेन्द्र यादवले बताउनुभयो । 

खोटाङको दिक्तेलबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने खानीडाँडा–रेग्मीटार सडक निर्मार्णमा भइरहेको ढिलाइ तथा समस्याका बारेमा जिल्ला समन्वय समितिका पदाधिकारी र प्राविधिक टोलीले शुक्रबार स्थालगत अध्ययन गरेको थियो । समन्वय समितिका सदस्य एवं भौतिक योजना तथा पूर्वाधार विकास समिति संयोजक उदयबहादुर कार्की नेतृत्वको अनुगमन टोलीले उक्त सडक जिल्लाको गौरवको योजना भए पनि अपेक्षित प्रगति र गुणस्तरीय काम नभएको ठहर गरेको छ । 

निर्माणको जिम्मा लिएको कम्पनीका शशि राईले गतवर्ष खोलिएको मार्ग छोटो समयमा धेरै काम गर्नुपर्ने भएकाले मापदण्डअनुसार नभएको स्वीकार्दै यसवर्ष सबै काम सम्पन्न गर्ने बताउनुभयो । “अख्तियारी पनि ढिलो आयो । सबै काम सम्पन्न पनि भएको छ ।” उहाँले भन्नुभयो, “यसवर्ष शुरुबाटै मापदण्डअनुसार काम गर्छौँ । निर्माणस्थलभन्दा केही तल्लो भागमा अहिले चैते धान रोप्ने काम भइरहेको छ । धान रोपाइँ सकिनासाथ स्काभेटर र ब्रेकर लगेर जाने तयारीमा छौँ ।” 

तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु ढुवानीमा सहजता ल्याउने उद्देश्यले दुई वर्षअघि बसेको सर्वदलीय÷सर्वपक्षीय भेलाले उक्त सडकलाई उच्च प्राथमिकतामा राखेको थियो । सर्वदलीय÷सर्वपक्षीय निर्णयसँगै छिटो सम्पन्न गर्ने उद्देश्यले दुवै क्षेत्रबाट काम थालिएको उक्त सडकको खानीडाँडाबाट दिखुवादोभानसम्म करीव साढे १२ किलोमिटर मार्ग खोलिएको छ । 

तीन वर्षभित्र मार्ग खोलिसक्ने लक्ष्यका साथ काम थालिएको उक्त सडकखण्डमा ठूलाठूला चट्टान रहेकाले सहज रुपमा निर्माण कार्य सम्पन्न हुने सम्भावना छैन । साप्सुखोला किनारै किनार पर्ने उक्त सडकखण्डको महभिरमा ठूलो चट्टान रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग