करिब डेढ वर्षअघिदेखि निर्माण कार्य थालिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

करिब डेढ वर्षअघिदेखि निर्माण कार्य थालिए"/>

२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त

१२ चैत्र २०७४, सोमबार ११:४३

चैत १२, खोटाङ | तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग खानीडाँडा–रेग्मीटार सडक निर्माणको काम सुस्त गतिमा छ । 


करिब डेढ वर्षअघिदेखि निर्माण कार्य थालिएको उक्त सडकको रेग्मीटार र खानीडाँडाबाट एकैसाथ काम थालिए पनि अहिले दुवै क्षेत्रमा काम हुन सकेको छैन । 

साढे २२ किलोमिटर लामो उक्त सडकको रेग्मीटारबाट करिब एक हजार १०० मिटर र खानीडाँडाबाट साढे १२ किलोमिटर मात्र मार्ग खोलिएको छ । रेग्मीटारबाट करिब साढे दुई किलोमिटर मार्ग खोल्ने जिम्मा रोका निर्माण सेवाले लिएको हो । 

यसवर्ष उक्त निर्माण सेवाले रु एक करोड १० लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि अहिलेसम्म कुनै काम भएको छैन । क्रमागत योजनाअन्तर्गत गतवर्ष उक्त कम्पनीले रु ७५ लाखको काम गरेको जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख दीपेन्द्र यादवले बताउनुभयो । 

खोटाङको दिक्तेलबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने खानीडाँडा–रेग्मीटार सडक निर्मार्णमा भइरहेको ढिलाइ तथा समस्याका बारेमा जिल्ला समन्वय समितिका पदाधिकारी र प्राविधिक टोलीले शुक्रबार स्थालगत अध्ययन गरेको थियो । समन्वय समितिका सदस्य एवं भौतिक योजना तथा पूर्वाधार विकास समिति संयोजक उदयबहादुर कार्की नेतृत्वको अनुगमन टोलीले उक्त सडक जिल्लाको गौरवको योजना भए पनि अपेक्षित प्रगति र गुणस्तरीय काम नभएको ठहर गरेको छ । 

निर्माणको जिम्मा लिएको कम्पनीका शशि राईले गतवर्ष खोलिएको मार्ग छोटो समयमा धेरै काम गर्नुपर्ने भएकाले मापदण्डअनुसार नभएको स्वीकार्दै यसवर्ष सबै काम सम्पन्न गर्ने बताउनुभयो । “अख्तियारी पनि ढिलो आयो । सबै काम सम्पन्न पनि भएको छ ।” उहाँले भन्नुभयो, “यसवर्ष शुरुबाटै मापदण्डअनुसार काम गर्छौँ । निर्माणस्थलभन्दा केही तल्लो भागमा अहिले चैते धान रोप्ने काम भइरहेको छ । धान रोपाइँ सकिनासाथ स्काभेटर र ब्रेकर लगेर जाने तयारीमा छौँ ।” 

तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु ढुवानीमा सहजता ल्याउने उद्देश्यले दुई वर्षअघि बसेको सर्वदलीय÷सर्वपक्षीय भेलाले उक्त सडकलाई उच्च प्राथमिकतामा राखेको थियो । सर्वदलीय÷सर्वपक्षीय निर्णयसँगै छिटो सम्पन्न गर्ने उद्देश्यले दुवै क्षेत्रबाट काम थालिएको उक्त सडकको खानीडाँडाबाट दिखुवादोभानसम्म करीव साढे १२ किलोमिटर मार्ग खोलिएको छ । 

तीन वर्षभित्र मार्ग खोलिसक्ने लक्ष्यका साथ काम थालिएको उक्त सडकखण्डमा ठूलाठूला चट्टान रहेकाले सहज रुपमा निर्माण कार्य सम्पन्न हुने सम्भावना छैन । साप्सुखोला किनारै किनार पर्ने उक्त सडकखण्डको महभिरमा ठूलो चट्टान रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की