2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङको तमानखोलामा अझै पुगेन सडक, गाडी चढ्न ३ घण्टा पैदल

चैत १२, बागलुङ | सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिकाको सिङ्गो ६ नं वडा सडक सुविधाबाट वञ्चित छ । 

नर्जाखानी, भित्रीवन र पात्ले गाउँका बासिन्दा सडक नहुँदा सास्ती व्यहोर्न बाध्य छन् । गाडी चल्ने ठाउँ भेटाउन तीन घण्टासम्म पैदल हिँड्नुपर्छ । डोकोमा बोकेर अस्पताल लैजाँदा बाटैमा बिरामीको मृत्यु भएका घटना गाउँलेसामु ताजै छन् । जिल्लाभर सडक सञ्जाल फैलिँदा नर्जाखानीमा किन सडक बनेन ? 

वडाध्यक्ष कुलबहादुर छन्त्याल भन्नुहुन्छ, “एक त विकट भूगोल, त्यहीमाथि राज्यको पनि ध्यान पुगेन ।” उहाँका अनुसार अझै पनि गाउँमा सडक बन्ने कुनै छाँटकाँट छैन । स्थानीय सरकार तमानखोला गाउँपालिकाले पनि नर्जाखानीमा सडक जोड्ने योजना बनाएको छैन । “वडाको मात्र बजेटले सडक आउँदैन, माथिबाटै सम्बोधन हुनुपर्छ,” वडाध्यक्ष छन्त्यालले भन्नुभयो । 

विकासको मेरुदण्ड मानिने सडक नै नपुगेपछि पाएका अन्य सुविधा गाउँलेलाई सामान्य झैँ लाग्छन् । “मूल कुरा सडक नै छैन, हामीलाई ठूलो दुःख छ,” स्थानीय निर्मलादेवी सिरपालीले भन्नुभयो । जतिसक्दो छिटो गाउँलाई सडकमा जोड्न सके ठूलो राहत मिल्ने उहाँको भनाइ छ । सरकारी कामकाजका लागि गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजार पुग्न पनि घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । 

विद्यार्थीको बेथा त झन् कहालीलाग्दो छ । तीन घण्टासम्म पैदल हिँडेर विद्यालय जानुपर्ने अवस्था छ । खच्चड र भरियामार्फत ढुवानी गर्दा दैनिक उपभोग्य सामानमा पनि महँगी खेप्न गाउँले बाध्य छन् । लघु जलविद्युत् आयोजनाबाट बिजुली र पछिल्लो समय मोबाइल सेवा पाएका गाउँले सडकको व्यग्र प्रतीक्षामा छन् । नर्जाखानी विकासमा पछि परेको स्थानीय विष्णु आधारभूत विद्यालयका प्रधानाध्यापक ओमप्रसाद छन्त्यालले बताउनुभयो । 

“स्थानीय सरकार आएको छ, अब विकास आउँला भन्ने अपेक्षा छ,” उहाँले भन्नुभयो, “यहाँको जरुरी आवश्यकता भनेको सडक नै हो ।” गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकतामा राखे पनि चालू आवमा नर्जाखानीमा कुनै सडक योजना छैन । विकट भूगोल र छरिएर रहेका बस्तीका कारण सडकलाई ठूलो बजेट चाहिने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । 

“आगामी वर्षको योजनामा नर्जाखानी समेट्छौँ,” उहाँले भन्नुभयो – “मार्ग खोल्नमात्र करोडौँ रुपैयाँ लाग्ने अवस्था छ ।” अहिले सडक पुगेको वडा नं ५ खुङ्खानीबाट नर्जाखानीको भित्रीवन र पात्ले तीन घण्टाको पैदल दूरीमा छन् । सडकसँग जोडिए त्यहाँको स्थानीय उत्पादनले बजार पाउने देखिन्छ । कृषि र पशुपालनको प्रचुर सम्भावना रहेको त्यस क्षेत्रको अर्को समस्या गरिबी, अशिक्षा र बेरोजगारी पनि हो । 

दलित र जनजातिको मात्र बसोबास रहेको तमानखोला गाउँपालिका जिल्लामै सबैभन्दा विकट मानिन्छ । शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत सुविधाबाट त्यहाँका बासिन्दा वञ्चित छन् । गाउँपालिकाले विकास गुरुयोजनामार्फत त्यहाँका समस्या समाधानका लागि पहल अघि बढाएको छ । स्थानीय स्रोतसाधनको पहिचान र उपभोगबाट गाउँपालिकालाई स्वाधीन बनाउने लक्ष्य लिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो