२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

शौचालयको ढल महाकालीमै

१३ चैत्र २०७४, मंगलवार ०८:२७

किरण धामी/चैत १३, दार्चुला | ‘घर घरमा शौचालय समुदायको सान, सन् २०१६ सम्म खुला दिसामुक्त दार्चुला हाम्रो अभियान’ मूल नाराका साथ थालिएको खुला दिसामुक्त अभियान दुई वर्ष ढिलाइ हुँदासमेत पूरा हुन सकेको छैन । 

जिल्लाको सरसफाइ रणनीतिक योजनाअनुसार सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भई सक्दासमेत सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको बजार क्षेत्रका दर्जनौँ घरघुरीले सिधै महाकाली नदीमा शौचालयको ढल मिसाएका कारण जिल्लाले घोषणा गर्न नसक्दा अभियान प्रभावित भएको थियो । 

सीमा क्षेत्रको पवित्र नदीका रुपमा रहेको महाकाली किनारमै घर बन्न थालेपछि नदी छेउछाउमा बढ्दै गएको अव्यवस्थित बस्ती र होटल व्यवसायका कारण प्रदूषित बन्ने क्रम बढ्दै गएको हो । नदी किनारको बाङ्गाबगरदेखि पुलघाट हुँदै तिङ्कर खेडासम्मको बस्तीका घर तथा होटलको शौचालयबाट निस्कने फोहर सिधै महाकाली नदीमा मिसाइदै आएको छ । 

बजार क्षेत्रमा ९३ घरघुरीमा बिना सेफ्टिट्याङ्कीका शौचालयका ढल सिधै महाकाली नदीमा मिसाउने गरेको पाइए पनि खुल्ला दिशा मुक्ता जिल्ला घोषणाको तयारी हुन लाग्दा यसको विरोध हुँदै आएको थियो । आगामी वैशाख पहिलो साता जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारीमा रहेको बताइएको छ । 

छिटै जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणाको तयारी अघि बढाउन क्षेत्रीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको टोलीले दार्चुला जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नु पूर्व अनुगमन भइसकेको छ । 

चैत ५ देखि ८ गतेसम्म चार दिन जिल्लाभरिमा रहेका व्यक्तिगत र सार्वजनिक शौचालय प्रयोग र सरसफाइको अवस्था बुझेर टोली फिर्ता भएको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका (आरवासिसी) सदस्यसचिव एवं खानेपानी तथा सरसफाइ सवडिभिजन प्रमुख प्रकाशबहादुर रावलले बताउनुभयो । 

प्रदेश नं ७ का उपक्षेत्रीय प्रशासक शंकर विष्ट नेतृत्वको टोलीले मार्मा गाउँपालिका, शैल्यशिखर नगरपालिका, मालीकार्जुन गाउँपालिका, लेकम गाउँपालिका र महाकाली नगरपालिकाको सरसफाइको अवस्थाबारे अनुगमन गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “अनुगमनका क्रममा जिल्लाको कुनै पनि क्षेत्रमा खुल्ला दिसा नदेखिएका कारण चैत दोस्रो साता आरवासिसीको बैकठबाट खुल्ला दिसामुक्त जिल्ला घोषणाको मिति तय गरिने प्रतिक्रिया पाएका छौँ ।” 

पछिल्लो समय सबै क्षेत्र खुल्ला दिसामुक्त भए पनि महाकाली नगरपालिकाको सदरमुकाम क्षेत्रको महाकाली नदीमा खुल्ला दिसा ढलमा पठाइएको भन्दै विरोधका स्वरसमेत उठ्न थालेका छन् । 

महाकालीमा शौचालयको ढलको व्यवस्थापन नहुँदासम्म यथास्थितिमा घोषणा गरिनु नाम मात्रैको घोषणा हुनेछ । महाकाली नगरपालिकाले बजार क्षेत्रको ढलको समस्या समाधान गर्न छिट्टै ढल व्यवस्थापनको कार्यक्रम लागू हुन लागेकाले खुल्ला दिसामुक्त अभियान रोक्न नहुने जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो