Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कञ्चनपुरकी एक महिला बसभित्रै मृत फेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १४, कञ्चनपुर | कञ्चनपुर महाकाली नगरपालिका–१ कञ्चभोजका ५० वर्षीय सुशील थापा आज बसभित्रै मृत फेला परेका छन् ।

कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८८४९ नं को बसभित्र उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी चेकपोष्टमा बसको बोनटमा सुतेका थापा चेकजाँचका क्रममा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो । थापा कास्कीको पोखरास्थित विद्युत् गृहमा मजदुरका रुपमा काम गरी घर फर्कंदै थिए ।

मृतक थापासँगै उनका दुईजना आफन्तसमेत रहे पनि मृत्यु भएको उनीहरुले समेत थाहा पाएका थिएनन् । थापा लामो समयदेखि क्षयरोगलेग्रस्त रहेको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । रासस