2026-09-19 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पकली—नडाहा सडक विवादमा सहमति

चैत १५, इटहरी (रासस) | प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद् एवम इटहरी उपमहानगरपालिकाका प्रमुख र विभिन्न राजनीतिक दलका नेताहरु सुनसरीको पकलीस्थित कान्छीचोक—नडाहा सडक खण्डमा उत्पन्न विवादमा पुरानो निर्णयलाई कार्यान्वयन गर्नुपर्ने विषयमा पूर्ण सहमत बनेका छन् । 

प्रतिनिधिसभा सांसद् एवम् पूर्वयातायात राज्यमन्त्री सीताराम मेहता, प्रदेश सांसद सर्वध्वज साँवा तथा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र नेपाली काँग्रेसका नगर सचिव प्रकाश बस्नेतलगायतका नेताहरुले विसं २०२४ सालमा नै उक्त सडक निर्धारण गरी नाप नक्सासमेत गरिएकाले त्यसैलाई मान्यता दिनुपर्ने बुधबार उहाँहरुले साझा अवधारणा सार्वजनिक गर्नुभएको छ । 

सडक विभागले भने सडक विस्तार एवम् निर्माण गर्ने क्रममा हालको होक्राहा खोलासँग जोडिएको नम्बरी जग्गामा रहेको इलाका प्रहरी कार्यालय, कान्छीचोक तथा अरू सर्वसाधारणको नम्बरी जमिनमा निर्माण गरिएका घरसमेत बेदखलमा पर्नसक्ने भन्दै सडक विभागले पुरानै नाप नक्सालाई मान्यतामा लिएर सडक विस्तार एवम् निर्माण गर्न पनि उहाँहरुले सुझाव दिनुभएको छ । 

पूर्व–पश्चिम राजमार्ग निर्माण एवम् नक्साङ्कनका क्रममा हालको होक्राहा खोला पूर्वपट्टिबाट उत्तरतर्फ सडकको जमिन रहेको नापनक्सा गरेकाले लामो समय सडक निर्माण नभएको अवस्थामा सडकको जमिन अतिक्रमण गरी बनाइएका केही घर बस्ती उठाएर सडक लैजानु नै उपयुक्त हुने पनि नेता र स्थानीय तहको तर्क रहेको छ । 

काँग्रेस नेता प्रकाश बस्नेतले सडकको जमिनमा बसोबास रहेका ७–८ घरमध्ये एक दुई बाहेक अन्य हुुुनेखाने परिवारको घर रहेकाले केही मुआबजा दिएर भए पनि सडक विभागले होक्राहा खोलामा अर्को पक्की पुल हालेर आफ्नो जमिन क्षेत्रबाट नै सडक लैजान न्यायसंगत हुने तर्क अघि सार्नुभयो । 

विवादित स्थल र सडकको यथार्थ अवस्थाका विषयमा अवलोकन गर्ने क्रममा इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले पनि सडक विभागले आफ्नो पुरानो तथ्यका आधारमा नै सडक एवम पुल बनाउनुपर्ने तर्क अघि सार्नुभएको छ । सडक विभागले कान्छीचोक—नडाहा—चतरा हुँदै सप्तरीको कञ्चनपुरसम्म सडक निर्माण गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई