२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पकली—नडाहा सडक विवादमा सहमति

१५ चैत्र २०७४, बिहीबार ०४:१२

चैत १५, इटहरी (रासस) | प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद् एवम इटहरी उपमहानगरपालिकाका प्रमुख र विभिन्न राजनीतिक दलका नेताहरु सुनसरीको पकलीस्थित कान्छीचोक—नडाहा सडक खण्डमा उत्पन्न विवादमा पुरानो निर्णयलाई कार्यान्वयन गर्नुपर्ने विषयमा पूर्ण सहमत बनेका छन् । 

प्रतिनिधिसभा सांसद् एवम् पूर्वयातायात राज्यमन्त्री सीताराम मेहता, प्रदेश सांसद सर्वध्वज साँवा तथा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र नेपाली काँग्रेसका नगर सचिव प्रकाश बस्नेतलगायतका नेताहरुले विसं २०२४ सालमा नै उक्त सडक निर्धारण गरी नाप नक्सासमेत गरिएकाले त्यसैलाई मान्यता दिनुपर्ने बुधबार उहाँहरुले साझा अवधारणा सार्वजनिक गर्नुभएको छ । 

सडक विभागले भने सडक विस्तार एवम् निर्माण गर्ने क्रममा हालको होक्राहा खोलासँग जोडिएको नम्बरी जग्गामा रहेको इलाका प्रहरी कार्यालय, कान्छीचोक तथा अरू सर्वसाधारणको नम्बरी जमिनमा निर्माण गरिएका घरसमेत बेदखलमा पर्नसक्ने भन्दै सडक विभागले पुरानै नाप नक्सालाई मान्यतामा लिएर सडक विस्तार एवम् निर्माण गर्न पनि उहाँहरुले सुझाव दिनुभएको छ । 

पूर्व–पश्चिम राजमार्ग निर्माण एवम् नक्साङ्कनका क्रममा हालको होक्राहा खोला पूर्वपट्टिबाट उत्तरतर्फ सडकको जमिन रहेको नापनक्सा गरेकाले लामो समय सडक निर्माण नभएको अवस्थामा सडकको जमिन अतिक्रमण गरी बनाइएका केही घर बस्ती उठाएर सडक लैजानु नै उपयुक्त हुने पनि नेता र स्थानीय तहको तर्क रहेको छ । 

काँग्रेस नेता प्रकाश बस्नेतले सडकको जमिनमा बसोबास रहेका ७–८ घरमध्ये एक दुई बाहेक अन्य हुुुनेखाने परिवारको घर रहेकाले केही मुआबजा दिएर भए पनि सडक विभागले होक्राहा खोलामा अर्को पक्की पुल हालेर आफ्नो जमिन क्षेत्रबाट नै सडक लैजान न्यायसंगत हुने तर्क अघि सार्नुभयो । 

विवादित स्थल र सडकको यथार्थ अवस्थाका विषयमा अवलोकन गर्ने क्रममा इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले पनि सडक विभागले आफ्नो पुरानो तथ्यका आधारमा नै सडक एवम पुल बनाउनुपर्ने तर्क अघि सार्नुभएको छ । सडक विभागले कान्छीचोक—नडाहा—चतरा हुँदै सप्तरीको कञ्चनपुरसम्म सडक निर्माण गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक