२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

कालाजार रोग सार्ने भुसुनाको अध्ययन

१५ चैत्र २०७४, बिहीबार ०४:२१

चैत १५, रामपुर (रासस) | रम्भा गाउँपालिका—२ फोक्सिङ्गकोट, पाल्पामा कालाजार रोग सार्ने भुसुनाको अध्ययन शुरु गरिएको छ । 

विश्व स्वास्थ्य संगठन, जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्र, काठमाडौँ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौँले कालाजारबारे अध्ययन थालेको हो । 

गएको असारमा फोक्सिङ्गकोट कोटथर निवासी नरबहादुर पाडेलाई लगातार ज्वरो आउने, शरीर कमजोर हुने, पेट फुल्ने समस्या आएपछि तानसेनस्थित मिशन अस्पताल तथा लुम्बिनी मेडिकल कलेजमा उपचार गराउँदा पनि निको नभएपछि काठमाडौँ पठाइएको थियो । 

काठमाडौँमा जाँच गर्दा कालाजारका किटाणु देखिएकाले रोग सार्ने ससाना भुसुनामा समेत यसका किटाणु हुनसक्ने भएकोले ईपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशन अनुसार भुसुनाका नमुना संकलन गरिएको जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्र काठमाडौँका अनुसन्धान अधिकृत विवेककुमार सिंहले बताउनुभयो । 

संक्रमित भुसुनाले मानिसलाई टोक्दा कालाजार रोग लाग्ने गर्दछ । जीउ कालो हुँदै जाने, दुई हप्ताभन्दा बढी समय ज्वरो आउने, भुँडी सुन्निएर बायाँतर्फ सर्दै जाने तथा बिरामी कमजोर हुँदै जानु कालाजारका लक्षणहरु हुन् । 

चरणबद्ध अनुसन्धानपछि भुुसुनामा कालाजारका किटाणु भेटिए यस क्षेत्रमा भुसुना मार्ने अभियान सञ्चालन गरिने अनुसन्धान अधिकृत विवेककुमार सिंहले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य