2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनी–जोमसोम सडक शुक्रबारदेखि बन्द हुने

चैत १५, म्याग्दी | स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ । 

राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ । मुक्तिनाथ र दामोदरकुण्डको दर्शन, कागबेनीमा स्नान तथा मुस्ताङको प्राकृतिक सुन्दरतामा रमाउन स्वदेशी तथा विदेशी पर्यटकको चापका कारण निर्माणपक्ष र यात्रु दुवैलाई समस्या हुने भएपछि भोलि शुक्रबारदेखि आठ घण्टा सडक पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको कालीगण्डकी करिडोर सडक आयोजना मुस्ताङ प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । 

मंगलबार साँझ म्याग्दी सदरमुकाम बेनीमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा यातायात व्यवसायी, जनप्रतिनिधि, ठेकेदार कम्पनी र आयोजनाका प्रतिनिधि सम्मिलित बैठकले बिहान ७:३० देखि ११:३० बजेसम्म र दिउँसो २:३० देखि ६:३० बजेसम्म सडक पूर्णरुपमा बन्द गर्ने निर्णय भएको प्रमुख सुवेदीले जानकारी दिनुभयो । 

“चैत महिना लागेदेखि पर्यटकको चाप पनि निकै बढेको छ । यसलाई निर्माण कार्य पनि प्रभावित भएको छ भने यात्रु पनि समयमै गन्तव्य पुग्न सकेका छैनन्”, उहाँले भन्नुभयो, “निश्चित समय तोकिएपछि निर्माण कार्य र यात्रु पनि सोहीअनुसार यात्रा गर्छन् ।” आयोजनाका अनुसार, बेनी–जोमसोम सडकखण्डमा गलेश्वरदेखि भुरुङ–तातोपानीसम्म शर्मा युनाइटेड जेभी, तातोपानीबाट मुस्ताङको कोबाङसम्म शर्मा गजुरमुखी जेभी र कोबाङदेखि जोमसोमसम्म कोशी कन्ट्रक्शनले काम गरिरहेको छ । 

गजुरमुखीले दुईखण्ड गरी सबैभन्दा बढी ३७ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा लिएको छ । “यो अवधिमा गलेश्वरदेखि घाँसासम्म पूर्णरुपमा सवारीसाधन सञ्चालनमा रोक लगाउने छौँ । तर घाँसादेखि माथि वैकल्पिक मार्ग पनि रहेका कारण केही खुल्ला गर्नेछौँ”, आयोजना प्रमुख सुवेदीले भन्नुभयो “आउँदो वर्षासम्म गलेश्वर–घाँसासम्मको कार्य सम्पन्न गर्न पनि हामीले यस्तो निर्णय गरेका हौँ ।” मुस्ताङ खण्डमा वर्षाको समयमा पनि कम पानी पर्ने भएकाले आयोजनाले म्याग्दी खण्डमा पर्ने करिब ४२ किलोमिटर सडकको निर्माण कार्यलाई तीव्रता दिइएको जनाएको छ । 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले राष्ट्रिय प्राथमिकताको सडकलाई तोकिएकै मितिमा सम्पन्न गर्न सडक बन्द गर्ने निर्णय गरिएको बताउनुभयो । 

चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत जोमसोमदेखि कोरलासम्म ९३ किलोमिटर सडकमा पनि थप प्याकेज बनाएर काम गर्ने तयारी भइरहेको छ ।रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई