2026-10-15 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरसफाईयुक्त वडा घोषणा

चैत १६, सुर्खेत । लेकवेशी नगरपालिकाको वडा नम्वर ९ लाई सफा तथा स्वच्छ नमुना वडा घोषणा गरिएको छ ।पुर्ण सरसफाईका पाँच प्लस एक सूचकहरु पूरा गरेपछि वडालाई शुक्रबार पुर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको हो ।

वडामा सुरक्षित चर्पी र पानीको प्रयोग एवं भण्डारण, साबुन पानीले हात धुने तथा सरसफाई गर्ने, सुरक्षित खाना खाने तथा भण्डारण गर्ने, घरआगन सरसफाई राख्ने र वातावरण सफा राख्ने गरि ६ वटा प्रतबद्धता वडाबासीले गरेका छन् । एक दिन मात्र सरसफाई गरेर रमिता नदेखाई व्यवहारमा परिवर्तन ल्याउन लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले वडाबासीलाई निर्देशन दिए । उनले स्थानीय सरकार आएपछि विभिन्न उपलब्धीमुलक कामहरु गर्ने क्रममा नगरपालिका रहेको जानकारी दिए । नगरपालिकाको वडा नम्वर १० लाई यस अघिनै पुर्ण सरसफाईयुक्त वडा घोषण गरिएको छ । तर बाँकी वडाहरुमा क्रमिक रुपमा यो अभियान संचालन गर्ने र बालविबाहमुक्त नगर घोषणा गर्ने योजनामा नगरपालिका रहेको सुनारले बताए । वडा नम्वर ९ का केही टोलहरु नमुना गाउँ घोषण भईसकेकाले सरसफाईमा सबैले जोड दिन उनले आग्रह गरे ।

व्यबहार परिवर्तन नभएसम्म सरसफाई हुन नसक्ने बताएकी उपप्रमुख शान्ती छन्तेलले सबैले सरसफाईमा ध्यान दिन आग्रह गरिन् । खानेपानी तथा स्वच्छता समन्वय समिति लेकवेशी नगरपालिका वडा ९ को आयोजना तथासुन्दर नेपाल संस्था, समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेत र सरगम युवा क्लव चौरासेको समन्वयमा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो