2026-09-24 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आकर्षक गन्तव्य जापानमा नेपालीले रोजगारी गुमाउने खतरा, यस्तो छ कारण

चैत १७, काठमाडौँ | रोजगारी तथा सिप सिकाईको लागि महत्वपूर्ण र आकर्षक गन्तब्य मानिएको जापानमा नेपालीले रोजगारी गुमाउने खतरा उत्पन्न भएको छ | 

विकासोन्मुख मुलुकहरुका नागरिकले जापान गई जापानको प्रविधि र सीप सिकेर त्यसको उपयोग गरि सम्बन्धित देशमा फाइदा लिन सकोस भन्ने उध्यश्यले जापान सरकारले जिट्को (Japan International Trainuing Co-Operation Organization) प्रणाली अन्तर्गत कामदार लिंदै आएको छ | जिट्को अन्तर्गत नेपाल सहित चीन, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाईल्याण्ड लगायत मुलुकहरुबाट २००८ देखि प्रशिक्षार्थी कामदार लिन सुरु भएको थियो | तर नेपालले सम्झौता अवधि गत बर्ष डिसेम्बरमै सकिएपनि नवीकरण लागि चासो नदेखाउँदा जिट्को अन्तर्गतको अवसरनै गुमाउने खतरा देखिएको छ | 

यस अघि जापान सरकारले नेपालबाट ३ बर्षको लागि प्रशिक्षार्थी कामदार लिने गरेकोमा जापानमा कामदारको अभाव भएपछी सो अवधि बढाएर ५ बर्ष पुर्याएको छ | यसको मतलव अहिले नेपालका बिभिन्न म्यानपावरबाट प्रशिक्षार्थी कामदारका रुपमा जापान जाने नेपालीहरुले ५ बर्षसम्म जापानमा रोजगारी पाउँछन् | साथै जापानले कामदार अभावको कारण पहिले भन्दा धेरै नेपाली कामदार लैजाने सम्भावना छ | 

नेपालको श्रम मन्त्रालयले जापानको जिट्को अन्तर्गत गत बर्षको डिसेम्बरमै नवीकरण गराउनु पर्ने तर जापानले पत्रचार गर्दा समेत नेपालले चासो नदेखाएपछी जापान सरकारले थप ६ महिना भित्र नवीकरणको लागि म्याद थपेको छ | तर उक्त सम्झौता नवीकरणको लागि बैदेशिक रोजगार व्यवसायी संघले मन्त्रालयलाई जानकारी गराउँदा समेत मन्त्रालयले ध्यान नदिएपछी जापानमा प्रशिक्षार्थी कामदार पठाउने कार्य रोकिन सक्ने बैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ | संघले जनाए अनुसार श्रम मन्त्रालयले June 2018 सम्ममा नवीकरण नगराए जापान सरकारले नेपालबाट प्रशिक्षार्थी कामदार लिनेछैन | यस बिषयमा साझा सबाल अनलाइनले बैदेशिक रोजगार व्यवसायी संघसँग जानकारी माग्दा संघले श्रम मन्त्रालय तथा श्रममन्त्रीलाई ध्यानाकर्षण गराएको जानकारी दिएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट