२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कहिले बन्ला साँच्चिकै सडक

२०७४, १७ चैत्र शनिबार १५:३१

चिसाङ शेर्पा | चैत्र १७, खोटाङ | दिक्तेल अस्पतालचोक–खानीडाडाँ–आहाले रुटमा पर्ने रेडक्रस कार्यालय–जिल्ला अदालत हुदै भानुचोक निस्कने सडक अलपत्र बनेको छ । अस्पताल चोकदेखी नेपाल टेलिकम निस्कने सडक निर्माण भएको एघार बर्ष गुन्जदासमेत स्तरोन्नती तथा कालोपत्रेको काम नहुंदा अलपत्र बनेको हो । 

२०६२÷०६३ सालमा तत्कालिन जिल्ला बिकास समितिको २५ लाख लागतमा ट्रयाक खोलिएको सडकमा जिल्लामा कसैले गहिरीएर चासो नदिंदा ठूलाठूला खाल्डाखुल्डी बनेर मान्छे डुब्ने बनेको हो । अत्याधिक ओरालो सडकमा बर्षेनी पानी बग्दा सडक भिर बन्दै गएको छ । सडकको नमुना हराउन थालको छ ।

अस्पतालचोक–रेडक्रस–खाल्ले आहालेसम्मको १० किलोमिटर ट्रयाक खोलिएको सडकमा सडकले धान्ने भारभन्दा ज्यादा भारमा ट्याक्टर गुडाउँदा सडक खोलाजस्तो बनेको छ । टायरले खोल्ने, बर्षातमा उचित पानी तथा नालीको ब्यवस्था नहुंदा हाल मोटरसाईकल समेत गुडाउन नसकिने अवस्था बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडाँका पबन राईले बताए । जर्बजस्ती ट्याक्टर गुडाउँदा सडक भग्नावशेष बन्न लागेको छ । उहाँले भन्नुभयो, “तत्काल मर्मत नभए खहरे खोला बन्ने निश्चित छ ।” 


लफ्याङ, खाल्ले, हाँटडाडाँ, बाम्राङ, त्रिबेणीचोक,अम्बागाछी–त्रिबेणीचोक हुंदै एम्बुलेन्सको माध्यमद्धारा बिरामी जिल्ला अस्पताल लैजान, ल्याउन सहज तथा छोटोदुरीको सडक रेडक्रस ओरालोमा गाईबस्तु हिड्न नसक्ने भएको छ । ‘उल्लेखित स्थानका बिरामीलाई एम्बुलेन्स भएता पनि स्ट्रेचरमा बोकेर अस्पताल लानुपर्ने अवस्था रहेको छ ।

भुकम्प पुनः निर्माण प्राधिकरणबाट डेढवर्ष अघि डिपिआर तयार भई १६ करोड रकम विनियोजन भईसकेको र टेण्डर आव्हान हुन बाँकी रहेकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारी दिनुभयो । थोरै पैसाले नहुने तथा सडक अप्ठ्यारो भएकाले हामीले सामान्य मर्मत गर्यो उहाँले भन्नुभयो “ठूलो योजना परेका हुनाले योजना कार्यान्वयन लागि पर्खिरहेका छौ ।” 

सडक अत्यन्तै अप्ठ्यारो भएको जिल्ला समन्यव समिति संयोजक बबि चाम्लिङले बताउनुभयो । मैले स्वयंम हेरेको छु उहाँले भन्नुभयो, “औपचारिक रुपमा अनुगमन गरेको छैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड