2026-07-25 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जिल्ला सहकारी संघ कास्कीको रक्तदानमा ७५ युनिट रगत संकलन

कमल सुबेदी| चैत्र १८, पोखरा| “दिगो बिकाश लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने मुल नाराका साथ कास्कीमा  मनाउन लागिएको  ६१ औ राष्ट्रिय सहकारी दिबसको अबसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । रत्तदान कार्यक्रमको उद्रघाटन गर्दै प्रदेश सभा सदस्य एबम् राष्ट्रिय सहकारी महासंघका संचालक प्रभा कोइरालाले सहकारी मार्फत धेरै कामहरु गर्न सकिने भएकोले सबैले हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताइन । सहकारी ऐन आइसकेको र अब केहि कानुन बनाउनुपर्ने भएकोले  सहकारी मैत्री कानुन बनाउन हर प्रकारले लाग्ने बताइन् ।

सहकारीकर्मीहरु सधै स साना कुरामा अल्झने र एक अर्कालाइ दोष देखाएर पन्छिने गरेको प्रशंग कोट्याउदै उनले भनिन् , “अब दोष देखाएर हैन काम देखाएर अगाडी बढ्नु पर्ने बेला आएको छ” ।  जिल्ला सहकारी संघ कास्कीको आयोजना र रक्तसंचार केन्द्र पोखराको प्राबिधिक सहयोग रहेको रत्तदान कार्यक्रममा कास्कीका सहकारीकर्मीको उलेख्य सहभागिता रहेको थियो । 

६१ औ राष्ट्रिय सहकारी दिबस मुल आयोजक समितिका कास्कीका अध्यक्ष एबम् जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिबारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बलराम गौतम ,महिला उपाध्यक्ष एबम् रक्तदान कार्यक्रम संयोजक साबित्रि कोइराला, संगिता कोइराला तिमिल्सीना लगाएतले बोलेका थिए भने कार्यक्रमको संचालन छबि लामिछानेले गरेका थिए । राष्ट्रिय सहकारी दिबसको कार्यक्रम अन्र्तगत १९ गते सरसफाइ ,२० गते प्रभात फेरि ¥याली ,सहकारी सभा र साझ दिप प्रजलनको कार्यक्रम रहेको आयोजकले जानाकारी दिएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ