२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा १४ वर्षपछि आफन्तको शव उत्खनन

१८ चैत्र २०७४, आईतवार ०६:४८

चैत १८, दैलेख | तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफैँ उत्खनन गरेका छन् । 

नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव बेपत्ता पारिएका परिवार धमाधम शव खोज्न थालेका हुन् । विसं २०६० साउन १७ गते धरमपोखरामा ऐनबहादुरसहित १२ जनालाई सेनाले पक्राउ गरेको र अन्यलाई छाडिदिएको भए पनि शाहीलाई चरम यातना दिएर मृत्युपछि उनको शव धरमपोखरा जंगलमा गाडेको थियो । 

ऐनबहादुरका छोरा गाउँमा बस्न नसक्ने अवस्था भएपछि द्वन्द्वकै क्रममा विदेशिएका थिए । घर छाडेका तीन भाइमध्ये एक अहिले पनि सेनामा कार्यरत छन् । अन्य दुई जना विदेशबाट घर आएपछि पिताको शव उत्खननसँगै शनिबार शिरिस्थानमा औपचारिक दाहसंस्कार गरिएको छ । 

शव उत्खननमा पुगेका आफन्तलाई तत्कालीन घटना सुनाउँदै प्रत्यक्षदर्शी अमृता बिसीले भन्नुभयो, “घर नजिककौ घटना हो, त्यतिबेला निकै धेरै यातना दिइएको थियो, हात भाँच्ने, आँखा फुटाउनेसम्मका काम गरेर निकै क्रूर तरिकाले हत्या गरिएको थियो । त्यस्तो दिन कसैलाई नआओस् भन्दै हामी घरभित्र लुक्यौंँ ।” 

माओवादीकै आरोपमा बुबालाई तत्कालीन सेनाले हत्या गरेको, अहिलेसम्म माओवादी नेता घरमा भेट्नसम्म नपुगेको र बुबाको मृत्युपछि घरपरिवारको अवस्था झनै नाजुक बनेको मृतक ऐनबहादुरका माहिला छोरा बृखबहादुरले गुनासो गर्नुभयो । 

दैलेख द्वन्द्वका बेला जिल्लामा २७० मानिस राज्यपक्षबाट मारिएको माओवादी नेताले जिकिर गरेका छन् । माओवादी पक्षबाट भने सोही हाराहारीमा मारिएको अनुमान छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ