२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पाठेघरको मुख र स्तन क्यान्सर शिविर देशैभरी हुन्छ: मन्त्री बिना मगर

१८ चैत्र २०७४, आईतवार १०:०८

चैत १८ कञ्चनपुर | खानेपानीमन्त्री बिना मगरले पुनर्वास नगरपालिका– ३ कालिका बजारको जनकल्याण माविमा आजदेखि शुरु भएको पाठेघरको मुख र स्तन अर्बुदबारे प्रारम्भिक जाँच शिविरको उद्घाटन गर्नुभएको छ । 

आफ्ना दिवङ्गत पति प्रकाश दाहाल र आमाज्यू ज्ञानु दाहालको स्मृतिमा क्रान्तिकारी महिला सञ्जालले शिविर आयोजना गरेको सो कार्यक्रममा मन्त्री मगरले महिलाले रोग लुकाएर बस्नु नपर्ने उल्लेख गर्दै एक पटक जाँच गरे पाँच वर्ष ढुक्क बस्न सकिने र रोग भए नभएको बारे यकिन हुने बताउनुभयो । 

“क्यान्सरबाट ज्ञानु दिदीको निधन भएपछि हाम्रा पति प्रकाश दाहालले यस्ता शिविर सञ्चालन गर्नुपर्छ भन्ने योजना बनाउनुभएको थियो”, मन्त्री मगरले भन्नुभयो, “उहाँको सपना पूरा गर्न र महिलालाई अकाल मृत्युको मुखबाट बचाउन यस्ता शिविर देशैभरी सञ्चालन गर्ने सोच छ ।” 

शिविर सञ्चालन समितिका संयोजक सरु दाहालले क्यान्सरको संक्रमण देखिएका महिलालाई निःशुल्क औषधिसमेत व्यवस्था गरिएको बताउनुभयो । क्यान्सर अस्पतालका निर्देशक डा विजयचन्द्र आचार्यले पाठेघरको मुख र स्तनको अर्बुद हुनुअघि नै जाँच गरेर सावधानी अपनाउन सके अकाल मृत्युबाट बच्न सकिने बताउनुभयो । 

पुनर्वास र बेलौरी नगरपालिका तथा बेल्डाँडी गाउँपालिकामा हुने शिविर १ नं निर्वाचन क्षेत्रकै बेलौरी र बेल्डाँडीमा समेत सोमबार र मंगलबार सञ्चालन गरिने छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड