२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा आगलागीमा परि १५ घर नष्ट

१८ चैत्र २०७४, आईतवार १०:२६

चैत १८, इटहरी। सुनसरी जिल्ला कोशी गाउँपालिका–६ को यादव वस्तीमा आज अपराह्न भएको आगलागीमा कम्तीमा १५ परिवारका घरगोठ जलेर नष्ट हुँदा करीब रु ३५ लाखको नोक्सानी भएको छ । 

भारत विहारको सीमा जोडिएको नेपाली बस्तीमा रहेको लालो झाका घरमा गहुँ केलाउन चलाइएको थ्रेसर यन्त्रबाट प्रारम्भ भएको आगलागीमा परी बस्ती ध्वस्त भएको सुनसरी जिल्लाका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिनुभयो । 

अपराह्न साढे १२ बजेतिर भएको आगलागीमा परेर सो बस्तीको सम्पूर्ण घर ध्वस्त हुँदा ती सबैको अन्नपात, सुनचाँदीका गरगहना तथा अन्य महत्वपूर्ण सामग्रीसँगै भाँडावर्तन, लत्ताकपडालगायत सबै जलेर नष्ट भएका कारण बस्तीका मानिसका लागि आपत्कालीन सहयोग आवश्यक भएको प्रहरीले जनाएको छ । 

आगो विहार र सुनसरीको इनरुवा र इटहरीलगायत क्षेत्रबाट पुगेको वारुणयन्त्र स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीको सक्रियतामा नियन्त्रण गर्ने प्रयास भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान