२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माथिल्लो त्रिशूली थ्री ‘ए’ले १० महिनाभित्रै विद्युत उत्पादन शुरु गर्ने

१९ चैत्र २०७४, सोमबार ०७:२३

चैत १९, नुवाकोट | विनाशकारी भूकम्प र क्षमता वृद्धिका कारण निर्माणमा ढिलाइ हुँदै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको निर्माण हाल तीव्र बनाइएको छ । 

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम समग्रमा ६८ प्रतिशत सकिएको आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिनुभयो । 

ज्याख्वाको अनुसार दुईवर्षअघि नै विद्युत् उत्पादन शुरु गर्नुपर्ने भए पनि स्थानीयवासीको अवरोध, क्षमता वृद्धिको विवाद र भूकम्पले क्षति पु¥याएपछि ढिलाइ हुँदै आएको आयोजनामा अहिले भइरहेको कार्य प्रगतिले विद्युत् उत्पादन तोकिएको समयमा पूरा गर्न सक्षम हुने निश्चित देखिएको छ । 

“आयोजनाबाट अबको १० महिनाभित्र २०७५ माघ २६ मा विद्युत् उत्पादन गर्ने गरी काम तीव्र बनाइएको छ ।” उहाँले भन्नुभयो, “दुईवटा युनिटमार्फत विद्युत् उत्पादन हुने भएकाले पहिलो युनिटबाट माघ २६ मा ३० मेगावाट विद्युत् उत्पादन शुरु हुने र दोस्रो युनिट विसं २०७५ वैशाख १७ मा विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जडान गर्न सक्षम हुनेछौँ ।” 

यो आयोजना चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) मार्फत क्यू सेभेन्टी उत्पादनको आधारमा ६० मेगावाट क्षमतामा निर्माण भइरहेको हो । 

त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बाँधेर नुवाकोटको मनकामनामा उत्पादनगृह रहेको आयोजनाको निर्माण सबै भूमिगत रहेको छ । 

सन् २०११ को जुन १ बाट काम शुरु भएको उक्त आयोजना २०१४ मे ३१ मा काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । 

आयोजनाको निर्माण चीन सरकारको सहुलियत ऋण सहयोगमा आठ करोड ९१ लाख अमेरिकी डलर लाग्ने सम्झौता रकम तोकिएको छ । तर, तोकिएको समयमा निर्माणमा भएको ढिलाइले ११ करोड ५७ लाख अमेरिकी डलर खर्च हुने देखिएको आयोजना पक्षले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य