२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

गोकुलेश्वर अस्पतालमा डाक्टर नहुँदा शव परीक्षण गर्न समस्या

२० चैत्र २०७४, मंगलवार ०४:३०

चैत २०, दार्चुला | गोकुलेश्वर अस्पतालमा रहेका दुबैजना चिकित्सक जिल्ला बाहिर भएपछि शव परीक्षण गर्न समस्या भएको छ । 

मार्मा गाउँपालिका–१ मा मृत भेटिएका मजदूर २५ वर्षीय रमेश सोनाहको शव परीक्षण गर्न गोकुलेश्वर अस्पताल ल्याइए पनि परीक्षण हुन नसकेको हो । 

मार्मा गाउँपालिकाबाट गोकुलेश्वर अस्पताल नजिक भएका कारण शव गोकुलेश्वर लगिएको थियो । मजदूरी गर्न मार्मा गाउँपालिका पुगेका सोनाह झुण्डिएको अवस्थामा फेला परेका थिए । 

गोकुलेश्वर अस्पतालमा रहेका प्रमुख डा सरिता जोशीले परीक्षाका लागि चैत पहिलो साता अस्पताल छोड्नुभएको हो । यस्तै, अर्का डाक्टर गोमा धामी सुरक्षित गर्भपतनसम्बन्धी क्षेत्रीय तालीमको लागि धनगढीमा हुनुहुन्छ । गत चैत ११ गते जानुभएकी धामीको तालीम चैत २२ गते मात्रै सकिँदैछ । 


दुवै जना डाक्टर नभएपछि अहिले शव परीक्षण मात्र हैन सामान्य बिरामीको चेकजाँचमा समेत समस्या भएको छ । गोकुलेश्वरमा लगिएको शवलाई जिल्ला अस्पताल ल्याएर सोमबार परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ । 

जिल्ला अस्पताल दार्चुलामा एकजना मात्रै डाक्टर छन् । त्यहाँ एमजिडी डाक्टर दीपेश मंगल जोशीले शव परीक्षण गर्नुभएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो